जनता टाइम्स

१३ चैत्र २०७६, बिहीबार २१:२७

पशुपतिमा देखिएको मार्मिक दृश्य, ‘कति छ पिडा’


काठमाडौं, चैत १३

कोरोना भाइरसको सङ्क्रमणका कारण मानिसमा कति पिडा छ भनेर हेर्न पशुपति आर्यघाटमा देखिएका केही तस्विरले बताएको छ । शब्दमा बयान गर्न नसकिने ति दृश्यले यो महामारीले कति पिडा मानिसमा थपेको छ भनेर देखाएको छ ।

महामारी फैलिन नदिन सरकारले ‘लकडाउन’ गरेको छ । इटाली, स्पेन र अमेरिकाको जस्तो हालत हाम्रो नहोस् भनेर गरिएको लकडाउनले नागरिकलाई जोगाउन मद्धत गरेको छ । लकडाउनको तेस्रो दिन बिहीबार पशुुपति आर्यघाट पुग्दा त्यहा निक्कै हृदयविदारक तस्विरहरु फेला परे । मानिसको मृत्युको संस्कारमा मलामी नै नभेटिने समस्या परेको छ । जसका कारण शव बोक्न समेत कठिन देखिएको छ ।

लकडाउन’ को तेस्रो दिन बिहीबार पशुुपति क्षेत्र विकास कोष नजिक सुुतीरहेका जोगी