जनता टाइम्स

१४ चैत्र २०७६, शुक्रबार १०:३९

कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलदै : अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमण


काठमाडौं, चैत १४

कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या अमेरिकामा ह्वात्तै बढेको छ । शुक्रबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सबैभन्दा बढी अमेरिकामा रहेको छ ।

शुक्रबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८५ हजार ५ सय ९४ पुगेको छ । त्यस्तै अमेरिकामा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ३ सय पुगेको छ । त्यस्तै अमेरिकामा करिब २ हजार संक्रमित निको भएको पनि त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका संक्रमित तिव्र रुपमा फैलिन थालेका छन् । ७८ दिनसम्म पुग्दा विश्वभर आठ हजार ५९३ को मृत्यु भएको थियो भने १८ मार्चपछि सात दिनको अन्तरालमा अर्थात् २५ मार्चसम्म पुग्दा विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या कूल २० हजार ६४२ पुगेको छ । सात दिनमा सो मृत्युदर २४० प्रतिशत हुन आउँछ ।

विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या पाँच लाख नाघेको छ । इटलीमा दुई दिनको तुलनामा फेरि मर्नेहरूको सङ्ख्या बढेको छ । त्यहाँ पछिल्लो एक दिनमा ७१२ जनाको ज्यान गएको छ । फ्रान्समा एक दिनमा ३६५ जनाको ज्यान गएको छ भने युकेमा पनि एकै दिनमा पहिलो पटक एक सयभन्दा धेरैको ज्यान गएको छ ।