जनता टाइम्स

१९ चैत्र २०७६, बुधबार १७:३७

सस्तोमा सामान दिन्छु भन्नेलाई टेन्डर हाल्न स्वास्थ्य सेवा विभागको आव्हान (भाग–४)


जुन बेला महामारी शुरु भयो । महामारी शुरु हुनसाथ मन्त्रालयमा स्वास्थ्यमन्त्री ज्यूको अध्यक्षतामा बैठक बस्यो । नेपालमा अरु कुरा त थिएन, मास्कहरु प्रतिबन्ध लगाउनु पर्छ भनेर भन्सार अधिकृतज्यूहरुलाई मन्त्रीले निर्देशन दिनुभयो । त्यसै बेलाबाट हामीले सामान किन्ने प्रयास शुरु गर्यौ । तर, बजारमा शुरुमै सामान थिएन ।

सानो सानो परिणाममा पाएका सामानहरु किन्दै वितरण गर्दै किन्दै वितरण गर्दै गरियो । माघ २५ गते केमिकल र ड्रग्स सप्लायर्स एशोसिएशन उहाहरुलाई बोलाएर तपाईहरुले प्रस्ताव पेश गर्नुहोस् । हामीलाई चाहिने सामान तपाईहरुले कति दिनसक्नु हुन्छ भनेर विभागमा बैठक गरियो । प्रस्ताव आव्हान गरियो तर कसैले पनि प्रस्ताव पेश गर्नुभएन ।

फागुनको २३ गते खरिदको प्रक्रियाको सैद्धान्तिक सहमतिका लागि ठुलै परिणाममा सामाग्री चाहिने भएकाले शुरु गर्यौ । किनकी महामारी ठुलो रुपमा विश्वव्यापी रुपमा फैलिएको थियो । चीनसँगैका नजिकका देशरु भियतनाम, थाइल्याण्ड लगायतका देशहरुमा संक्रमण त भयो तर महामारी तिव्र रुपमा गएको छैन । कुनै देशमा महामारी तिव्र गतिले गएको छ । तिव्र गतिले नेपालमा पनि गयो भने कति चाहिन्छ सामान, कम्तिमा पनि एक महिनामा पाँच हजार विरामी हुनसक्छ देशब्यापी भनेर हामीले त्यही अनुसारको सामान ल्याउने योजना गर्यौ ।

त्यसका लागि फागुनको ३० गते हामीले सार्वजनिक सूचनाहरु आव्हान गर्यौ । सार्वजनिक सूचनामा ७ दिनको समय दिएर सार्वजनिक टेन्डर आव्हान गर्यौ । त्यसमा १९ जनाले फारम भर्नुभयो । उहाहरुसँग बसेर छलफल गर्यो तर सबैले तत्काल सामाग्री दिनसक्नु भएन । कसैले ३० दिन कसैले ४५ दिनको समयसिमा उहाहरुले दिनुभयो ।

मैले पटक पटक भनेको छु, हाम्रो बजारदर भन्दा २० प्रतिशत बढि दर छ । २० प्रतिशत ठुलो कुरा थिएन ठुलो कुरा त सामान तुरुन्त ल्याउनु थियो । समय हामीलाई महत्वपूर्ण र मान्छेको ज्यान जोगाउन सबैभन्दा महत्वपूर्ण थियो । तुरुन्त सम्झौता गरियो, सामान ल्याउन विमान पठाउन सरकारपनि तुरुन्त लाग्यो । तर, उहाहरुले हामीले जति सामाग्री भनेको थियौं, उहाहरुले समयमा त्यो सामाग्री ल्याउन सक्नु भएन ।

हामीले उहाहरुलाई भन्यौं, तपाईहरुलाई के चाहिन्छ, सामान कहाँ छ, चीन, भारत, हङकङ, सिंगापुर कहाँ छ । नेपाल सरकारले सहजिकरण गरिदिन्छ । हामीले तीन दिनको समय दियौं । एक प्लेन सामान जम्मा गर्नुहोस् हामी विमान पठाउछौं भनेर भन्यौ तर, सामान जम्मा गर्न सक्नु भएन । हामीलाई सामान कम भईसकेको थियो । औषधि उपकरण भनेको त तत्काल चाहिने हो । सामान नभएर कतिपय सस्थामा स्वास्थ्यकर्मीले उपचार नगरेको विरामी फर्काएको इत्यादी समाचार हामी सबैले सन्यौं ।

त्यसकारण तत्काल हामीले सुरक्षाका सामानहरु उपलब्ध गराउनुपर्छ भनेर उच्चस्तरीय समितिको चैत ११ गतेको निर्णयअनुसार २४ घण्टाभित्र प्रक्रिया शुरु गर्न भनेर निर्देशन आयो । निर्देशन अनुसार सबै इच्छुकहरुलाई मन्त्रालयमा बोलाइयो । १३ गते मन्त्री र सचिवको उपस्थितिमा लगभग ३५ जना सप्लार्य बसेर हामी छलफल गर्यौ । कसले के दिन सक्छ कसले के दिन सक्दैन भनेर हामीले छलफल गर्यौं । त्यहा तत्काल केही सामान उपलब्ध गराउने ७ जना सप्लार्यहरु आउनु भयो । त्यसपछि सात जनालाई हामीले छुट्टै राखेर छलफल गर्यों । हामीलाई तत्काल सामान चाहिएकाले केही अप्ठेरो भयो भने सरकारले सहयोग गर्छ भनेर भन्यौं । उहाहरुलाई त्यही दिन राति सातबजेसम्म प्रस्ताव पेश गर्ने शर्तमा बैठक सकायौं । सात बजेसम्म जम्मा दुईवटा प्रस्ताव पेश भयो ।

दुईवटा मध्ये एउटालाई हामीले ग्रहण गर्यो । ओम्नीसँग प्रस्ताव अनुसार सम्झौता गरियो । उहाहरुले पेश गरेको दररेटमा शुन्य दशमलव ५ प्रतिशत दररेट कम गरेर सम्झौता गरियो । मैले पटक पटक भनेको छु, हाम्रो बजारदर भन्दा २० प्रतिशत बढि दर छ । २० प्रतिशत ठुलो कुरा थिएन ठुलो कुरा त सामान तुरुन्त ल्याउनु थियो । समय हामीलाई महत्वपूर्ण र मान्छेको ज्यान जोगाउन सबैभन्दा महत्वपूर्ण थियो । तुरुन्त सम्झौता गरियो, सामान ल्याउन विमान पठाउन सरकारपनि तुरुन्त लाग्यो । तर, उहाहरुले हामीले जति सामाग्री भनेको थियौं, उहाहरुले समयमा त्यो सामाग्री ल्याउन सक्नु भएन ।

तुरुन्तै भोली अर्को प्रक्रिया शुरु गर्दैछौं । हामीले पहिलाका टेन्डरका साथीहरुलाई पुन बोलाएका छौं । त्यो टेन्डरबाट उहाहरुले के कति दिन सक्नुहुन्छ । हामी फेरी तीन दिनको सूचना निकाल्छौं । तीन दिनभित्र सबैलाई आव्हान गछौं । अहिले हामी सस्तोमा दिन्छौं भन्नुभएको छ । सस्तोमा दिनुहुन म सबैलाई अनुरोध गर्दछु ।

उहाहरु(ओम्नी)ले ३० तारिख भित्र जति ल्याउनुपर्ने थियो, त्यत्ति ल्याउनु भएन । उहाहरुले कबुल गरेको १० प्रतिशतमात्र सामान ल्याउनु भयो । कुल कबोलको रकममध्ये १८ प्रतिशतको सामान ल्याउनु भयो । त्यसपछि उहाहरुको दोस्रो लट भोली(विहिवार) प्रस्तुत गर्नुपर्ने थियो । त्यसकारण उहाहरुले ल्याउन सक्ने कुनै सम्भावना छैन । हामीले ल्याउन सक्छौं भनेर अहिलेसम्म प्रतिवद्धता समेत जाहेर गर्नुभएन । त्यसकारण आज मैले त्यो सम्झौता रद्ध गरेको छु । सम्झौता रद्द गरेर धरौटी जफत गर्ने र कालोसूचिका लागि प्रक्रिया अगाडी पठाउने भन्ने निर्णय भएको छ ।

अब हामीले तुरुन्तै भोली अर्को प्रक्रिया शुरु गर्दैछौं । हामीले पहिलाका टेन्डरका साथीहरुलाई पुन बोलाएका छौं । त्यो टेन्डरबाट उहाहरुले के कति दिन सक्नुहुन्छ । हामी फेरी तीन दिनको सूचना निकाल्छौं । तीन दिनभित्र सबैलाई आव्हान गछौं । अहिले हामी सस्तोमा दिन्छौं भन्नुभएको छ । सस्तोमा दिनुहुन म सबैलाई अनुरोध गर्दछु । अहिले हामी सबै मिलेर यो महामारीको सामना गर्नुपर्नेछ । जो जहा जसरी हुनुहुन्छ, उहाहरुलाई म प्रस्ताव गर्दछु । तीन दिनभित्र प्रस्ताव आएपछि सबैभन्दा मुल्य कसको कम छ उहाहरुसँग सम्झौता गर्दछौं । तर, उहाहरुलाई बढिमा पाँच दिनमात्र समय दिन सक्छौं ।

(स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा महानिर्देशक श्रेष्ठले अभिव्यक्त गर्नुभएको भनाईको सम्पादित अंश)

महेन्द्र श्रेष्ठ, महानिर्देशक, स्वास्थ्य सेवा विभाग