जनता टाइम्स

२५ बैशाख २०७७, बिहीबार १५:११

कोरोना परीक्षणका लागि २०३ सांसदको स्वाब संकलन (फोटो फिचर)


काठमाडौं, बैशाख २५

कोरोनाको कहरका बीच शुक्रबारबाट बर्खे अधिवेशन हुने भएपछि बिहीबार सांसदको कोरोना परीक्षण गरिएको छ । विहिवार संसद भवनमा २०३ जना सांसदसहित ४३३ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि सुरु भएको परीक्षणमा प्रतिनिधि सभातर्फका १७० जना र राष्ट्रिय सभातर्फका ३३ जना सांसद सहभागी भए । बाँकी सांसदको शुक्रबार विहान ८ बजे स्वाब संकलन गरिने बताइएको छ ।