जनता टाइम्स

११ जेष्ठ २०७७, आईतवार ०६:५८

विश्वभर कोरोना : ५४ लाख १ हजार बढी संक्रमित, २२ लाख ४७ हजार १ सय ९ जना संक्रमणमुक्त


काठमाडौं, जेठ ११ । विश्वभर ५४ लाख १ हजार २ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वल्र्डमिटरका अनुसार आइतबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १६ लाख ६६ हजार ८ सय ९० जनामा संक्रमण पुष्टि भएका छन्।

त्यस्तै, रुसमा ३ लाख ३५ हजार ८ सय ८२, ब्राजिलमा ३ लाख ३० हजार ८ सय ९०, बेलायतमा २ लाख ५८ हजार ५ सय ४, स्पेनमा २ लाख ३५ हजार २ सय ९०, इटालीमा २ लाख २९ हजार ३ सय २७, फ्रान्समा १ लाख ८२ हजार ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
विश्वभर ३ लाख ४३ हजार ७ सय ९९ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। आइतबार बिहानसम्म त्यहाँ ९८ हजार ६८३ जनाको मृत्यु भएको छ।

त्यस्तै, बेलायतमा ३६ हजार ७ सय ५७, इटालीमा ३२ हजार ७ सय ३५, स्पेनमा २८ हजार ६ सय ७८ फ्रान्समा २८ हजार २ सय १८, ब्राजिलमा २१ हजार ४८ जनाको मृत्यु भएको छ।

विश्वभर २२ लाख ४७ हजार १ सय ९ जना कोरोना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेहरुमध्ये अमेरिकामा ४ लाख ४६ हजार ९सय १४ , जर्मनीमा १ लाख ५९ हजार ९ सय , स्पेनमा १ लाख ९६ हजार ९ सय ७६, इटालीमा १ लाख ३८ हजार ८ सय ४०, ब्राजिलमा १ लाख ३५ हजार ४ सय ३० जना संक्रमणमुक्त भएका छन्।

नेपालमा भने ५ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। तीमध्ये ८९ जना संक्रमणमुक्त भइसकेका छन्। साथै, ३ जनाको मृत्यु भइसकेको छ।