जनता टाइम्स

१४ असार २०७७, आईतवार १०:१२

मदन भण्डारी, जबज र नेकपाको बाटो


आज स्व. मदन भण्डारीको जन्मजयन्ती । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी, नेपाली वाम आन्दोलनलाई लोकतान्त्रिक प्रतिस्पर्धामा ल्याउने राजनीतिज्ञ । देशले यहाँको माटो सुहाउदो कम्यूनिष्ट पार्टी र सोको नेपाली ब्यबहारमा लागू गर्न सकिने सिद्धान्तको प्रतिपादक जन्माएको दिन हो आज ।

हिजोदेखि आजसम्म कतिपयलाई स्व. भण्डारीको सिद्दान्त यानि जनताको बहुदलिय जनवाद अङ्गिकार गर्न अफ्ठेरो लाग्छ । स्व. भण्डारीको राजनीतिले नेकपाका संस्थापक नेता स्व. पुष्पलालको व्यवहारवादी राजनितिक विरासत बोक्छ भने सैद्धान्तिक रूपमा माक्र्सवादका राजनीतिक पक्षको नेपाली अवधारणा निर्माण गर्दै नेपालको बिशाल कम्यूनिष्ट पार्टी निर्माणको राजमार्ग फराकिलो पारेको देखिन्छ। माओले प्रयोग गरेको मजदुर किसान वर्गको संयुक्त हिंसात्मक हस्तक्षेपबाट स्थापित हुने सर्वहारा अधिनायकत्वसहितको नौलो जनवादी व्यवस्था परित्याग गर्दै जबजलाई स्थापित गर्छ, यसले  । जबजको अर्थशास्त्रीय पक्षमाथि भण्डारीका सीमित तर गहकोला र फराकिला विवेचनाहरू छन्, जसबारे थप व्याख्या समयानुकुल गर्दै र परिष्कृत गर्दै जानुपर्छ । त्यो अभिभारा हाम्रो पुस्ताको हो र हामी त्यसमा मिहिन ढङ्गले लाग्नुपर्ने समय आएको छ । सिद्धान्तत : तत्कालीन एमालेको राजनीतिक विष्लेषणको भाषामा जबज समाजवादोन्मुख प्रणालीको सामाजिक राजनीतिक कार्यक्रम हो । जसले नेपाली मोडेल कम्यूनिष्ट ब्यवस्था कल्पना गर्छ । रूपान्तरण गर्छ र मुलुक को कायापलट गर्छ ।

स्व. भण्डारीको विचारमा मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सामाजिक न्याय र प्रतिस्पर्धी राजनीतिक प्रणाली कुनै खास ‘वाद’ विशेषको एक्लो पुँजी नभएर मानव जातिले सयौं वर्षको संघर्षद्वारा स्थापित उपलब्धी हुन, जो न सिमित छन न छेकिना सक्छन । त्यसैले जबजले तिनलाई ग्रहण गर्छ र वर्गीय चेतनाको माक्र्सवादी दर्शनका आधारमा श्रमजीवी जनताको पक्ष लिएर प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गर्नुपर्छ भन्ने मान्यता राख्छ । अर्थात जुन राजनीतिक कार्यसूचीलाई संसारभरिका कम्युनिस्टहरूले ‘रणनीतिक’ उपयोगका लागि छुट्याएका थिए, छन् र हुने छन्, तिनलाई जबजले सैद्धान्तिक डिपार्चर बनाएको स्पष्ट छ । नेकपा एमालेले चाहिँ जबजलाई २०५४ को छैटौं महाधिवेशनदेखि नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्तका रूपमा अंगीकार गर्‍यो ।

जनआन्दोलनको सफलतापछि २०४७ सालको संविधान निर्माणमा आफ्ना असहमति व्यक्त गर्न उहाँले अघि सारेका आलोचनात्मक समर्थनका सत्ताइस बुँदाले उहाँको महत्त्व थप स्थापित गर्छन् । तिनै बुँदाका वरिपरि वर्तमान नेपालको संविधान सम्बन्धी राजनीति घुमिरहेको छ । त्यसैलाई २१औ शताब्दी सुहाँदो आर्थिक, सामाजिक मार्गदर्शनका रूपमा लागू गर्न तल्लिन हुनु र्ने समय आएको छ । र जिम्मेवार ढङले निभाउनु पर्नेछ । यो आलेखमा स्व. भण्डारिले कसरी आफूलाइ नेपाली समाज अनुरुपको सिद्धान्तकारको रूपमा बदल्नु भन्ने चर्चा गर्न खोजिएको छ ।

‘सत्ता बन्दुकको नालबाट प्राप्त हुन्छ’ भन्ने माओत्सेतुङको भनाई कम्युनिस्ट आन्दोलनका सन्दर्भमा धेरै उद्धृत गरिन्थ्यो। यसले नौलो जनवादी व्यवस्था स्थापना गर्न हतियारबन्द संघर्षलाई एकमात्र उपाय ठान्छ । यही लाईन नै संसारका धेरै कम्युनिस्टले आफ्नो राजनीतिक दीक्षाका रूपमा ग्रहण गरेका छन् । तर पुष्पलालले आफ्नो जीवनको अन्त्यसम्म नौलो जनवादी क्रान्ति गर्नुपर्ने तर हतियारबन्द संघर्षका लागि परिस्थिति उपयूक्त नभइसकेको व्याख्या गर्नुभयो । वैचारिक रूपमा माक्र्स, लेनिन र माओबाट पर जान नसकेपनि पुष्पलालको राजनीतिक विचारलाई नेपालको आन्तरिक राजनीतिको व्यवहारवादी पक्षले प्रभाव पारेको थियो। तत्कालीन राजनीतिक कार्यदिशाका हिसाबले प्रजातन्त्र स्थापनागर्न कांग्रेससँग सहकार्य गर्नुपर्ने धारणामा पुष्पलाल सही भएपनि बीपीले तिरस्कार गरिदिएपछि, भण्डारीका विचारमा, पुष्पलालको प्राथमिकता फुट्दै गरेका कम्युनिस्ट घटकलाई एकै ठाउँमा ल्याउनेतर्फ हुनुपर्थ्यो । पार्टीका धेरै शीर्ष भनिएका नेताहरू पञ्चायत प्रवेश गरेका थिए ।

संसार २१ औं अशताब्दीमा प्रबेश गरेको मानबाधिक र ब्यक्तिका स्वतन्त्रताका कुराहरुले स्थान पाएको सन्दर्भमा मावोत्सेतुङको भनाई बोकेर नेपाली कम्यूनिष्ट क्रान्ति टुङ्गोमा नपुग्ने देखेर जबज प्रतिपादन गरेको बुझिन्छ । शसस्त्र संघर्षको आयू भन्दा घाउ दिर्घायू हुनेकुरा त माओवादी यूद्धबाट यही देख्न पाइएको छ । यस्को अर्थ उक्त आन्दोलनप्रति घृणा गरेको अर्थ न लागोस । खाली समयको प्रभाबकारिताको कुरा गर्न खोजिएको हो । प्राप्त उपलब्धिमा सो आन्दोलनको प्रभाब अबमूल्यन कतै होइन । जनताको बहुदलीय जनवाद २१ औं शताब्दीको नयाँ कम्युनिस्ट विचार हो। माओ, लेनिन या अरू कम्युनिस्ट विचारकको फुर्को नझुन्ड्याई कम्युनिस्ट विचार बन्न सक्दैन भन्ने भ्रम रहेको बेलामा उदाएको जनताको बहुदलीय जनवादले नेपालमा प्रजातान्त्रिक कम्युनिस्ट पार्टीको उदय मात्र गराएन, नेपाली कांग्रेसको विकल्पमा एउटा सशक्त राजनीतिक शक्ति देखा पर्यो। र, यो विचारले गैर कम्युनिस्टहरूलाई पनि कम्युनिस्ट बन्न प्रेरित गर्यो। किनभने जनताको बहुदलीय जनवादले राज्यसत्ता बन्दुकको नाल (बुलेट)बाट मात्र सम्भव छ भन्ने परम्परावादी कम्युनिस्ट सोचलाई पूर्णतः गलत साबित गर्दै ब्यालेटबाट पनि राज्यसत्ता कब्जागर्न सकिन्छ भन्ने मान्यता स्थापित मात्र गरेन त्यसलाई प्रमाणितसमेत गर्यो ।२०५१ सालमा बहुमत प्राप्त गरी सरकार चलाएर। अनि कम्युनिस्ट पार्टी भनेको निरंकुश हुन्छ, यसले प्रतिस्प्रर्धामा विश्वास गर्दैन, प्रजातन्त्रमा विश्वास गर्दैन भन्ने भ्रमलाई समेत चिर्दै नेतृत्व चयनमा आफूलाई अब्बल प्रजातन्त्रवादी ठान्ने नेपाली कांग्रेसमा भन्दा बढी प्रजातान्त्रिक परिपाटी शुरू गरेर एमाले र एमालेको मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवादले जनमानसमा सकारात्मक छाप छोड्न सक्यो।

बन्दुकको नाल भन्दा जनताको मन जित्नु श्रेयकर देखियो त्यही बेला । बृद्धबृद्धालाई गोली हान्छन कम्यूनिष्ट भन्ने भ्रामक प्रचार चिर्दै गाँउगाँउमा बजेट र भत्ता पुगे सोही जगबाट आजको बिशाल कम्यूनिष्ट पार्टि बन्न सकियो । यसरी समयानुकूल परिर्वतन हुनुपर्छ भन्ने मूल मान्यता बोकेको जनताको बहुदलीय जनवादलाई अहिलेको परिवेशमा असान्दर्भिक ठान्ने एमालेका बौद्धिक नेताहरूलाई यो सन्दर्भमा कसरी प्रस्तुत गर्ने भन्ने कुरा बहसको विषय बनाउनु पर्ने देखिन्छ। जनताको बहुदलीय जनवादको मूल भावना भनेको माक्र्सवादको विज्ञानवादी सिद्धान्तको आधारमा प्रजातान्त्रिक तवरले जनताको मतद्वारा निर्वाचित जनप्रतिनिधिको नेतृत्वमा मुलुकको विकास र समृद्धि अगाडि बढाउने र त्यसैको आधारमा जनतालाई सम्पन्न बनाउने नै हो। एमालेले जनताको बहुदलीय जनवादको सिद्धान्तकै आधारमा आफूलाई देशको पहिलो पार्टीको रुपमा स्थापित गर्न सकेको थियो ।

अहिलेको पुस्ता जस्ले अध्ययन, अनुसन्धान गर्नै पर्छ, गर्ने साधन श्रोत र समय पाएको छ, उनिहरुले स्व। भण्डारीको असहज अवस्थामापनि गरेको अध्यनले दिएको तार्किक शक्ती बारे चर्चा गरिदैछ । स्व. भण्डारी औपचारिक रूपमा राजनीतिमा प्रवेश पूर्व संवत् २०२४ देखि नै माक्र्सवादप्रति आर्कषित हुनुहुन्थ्यो भने संवत् २०२८ सालमा पुष्पलाल समूहको नेपाली जनवादी क्रान्तिको सांस्कृतिक सङ्घको केन्द्रिय सदस्य बन्नु भएको देखिन्छ। पछि २०२९ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएर सोही साल मदन भण्डारी पुष्पलाल समूहको नेपाली जनवादी क्रान्तिको सांस्कृतिक सङ्घको केन्द्रिय सदस्य हुनु भो । मदनको माक्र्सवादसँगको निकटताको समय फरक फरक परेपनि विद्यार्थीकालमा नै नेपालको कम्युनिष्ट आन्दोलनको निकटस्थ रहेको देखिन्छ ।

२०२४ सालमा उहाँ भारतको मथुरामा अध्ययन गर्न जाएको बुझिन्छ । स्व भण्डारीले २०२३ सालमा बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर गरेको बुझिन्छ। २०३३ सालमा मुक्तिमोर्चा समूहको निर्माणमा सक्रिय रहेका नेताहरू पुष्पलालको पार्टीसँग विद्रोह गरी २०३४ सालमा नेकपा (माले) को स्थापना हुनुभन्दा पूर्वको ुकोअर्डीनेशन केन्द्रमा आवद्ध भई मुक्तिमोर्चा समूहलाई नै त्यसमा विलय गराइयो। २०३५ सालमा नेकपा (माले) स्थापना भयो र उहाँ केन्द्रीय सदस्य हुनुभयो ।

२०४१ साल वैशाखमा भण्डारी पार्टीको पोलिटब्युरो सदस्य र २०४६ सालमा नेकपा (एमाले)को चौथो महाधिवेशनमा महासचिव बन्दै २०४७ सालमा भूमिगत जीवनबाट बाहिर आई माले-माक्र्सवादी एकीकरणबाटहुदै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) को महासचिव बन्नुभयो।

२०४८ सालको संसदीय निर्वाचनमा नेकाका तत्कालीन सभापति एवम् अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गरी काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुँदा सम्म उहाँ स्थापित नेता देखिनु भएकोछ । यो वीच उहाँले भुमिगत रहेर आफ्नो अध्ययनलाइ कसरी निखार्नु भए होला अहिलेको पुष्ताले सोच्नु पर्छ र आफूलाई अध्ययनमा केन्दित गर्नैपर्छ । नामुद विश्वविद्यालयमा पढिरहेका मानिसहरु र उनिहरुले देख्ने सपनालाई ब्यवहारमा उतार्नुछ ।

मुलुक सम्बृद्धीको दिशामा अघीबढी रहेको सन्दर्भमा स्व. भण्डारीको जस्तो आँट र दृढता अनि एकता आवश्यकछ । उहाँका प्रेरक भनाईहरु जो सधौ जोस जाँगर र उर्जा दिदै छन तिनलाई आत्मसाथ गर्नु जरुरी छ । मदन भण्डारीले राजालाई भन्नुहुन्थ्यो, ‘महाराज आँखा नचम्काइबक्सियोस्, हात नलम्काइबक्सियोस्, राजनीति गर्ने भए श्रीपेच फुकालेर मैदानमा आइबक्सियोस् ।’ अब हामीले मुलुक खोक्रो बनाउने कृत्यमा सहभागी जो कोहीलाई पनि छोड्नु हुन्न र हात नलम्काउन सचेत गराउने बेला आएको छ ।

मुलुकको काँचुली फेर्ने अभिभारा हाम्रो काँधमा छ अतः उहाँको भनाई छ जनताको राजनीतिमा थकाइ भन्ने हुन्न प्रतिक्रयाबादीहरुले यदि हाम्रो शांतिपूर्ण आन्दोलनलाई दबाउन खोजे भने हामी जनताको हातमा पनि दही जमेर बसेको छैन । प्रतिक्रियाबादी शक्तिहरुमा हामीबिरुद्द उत्रे भने हामी जनताका हातहरुपनि बांसका ठुटा होइनन, हामी पनि प्रतिकार गर्छौ । अबको शिक्षित र दिक्धित पुष्ता समृद्ध देश बनाउदै मुलुक्बासिकोको काँचुली फेर्न तयार हुने समय हो ।

उहाँले फरक प्रसङ्गमा भन्नु भएको थियो, हात्ति हिडदै गर्छ कुकुर भुक्तै गर्छ, काग कराउदै जान्छ पिना सुक्दै जान्छ । हाम्रो अभियान जारी रहन्छ र निष्कर्षमा पुग्छ । राजा यदि तिमी जनताको आधिकारमा गिद्दे दृष्टि लाउँछौ भने श्रीपेच खोल र चुनाबमा आउ हामी तिमीलाई जनताको बलमा हर्राई दिन्छौ नत्र टाटनामा घाँस हालेको बाख्रा जस्तो गरेर जनताले छुट्याएको ४ लाख खाऊ तर जनताको आधिकारमा गिद्दे दृष्टि नलागाऊ। साथीहरु हामी माओले भने जस्तै जुत्ता हेरेर खुट्टा काटने होइन की खुट्टा हेरेर जुत्ता काटने काम गरौ अर्थात देश अनुसार क्रांतिलाई अघि सारौं ।

स्व भण्दारिल भन्नु भएको छ कुराले च्यूरा भिज्दैन, च्यूरा भिजाउन दूध, दही, घ्यू वा त्यस्तै राम्रा कुरा नभए पानी नै भएपनि चाहिन्छ। हामीले अहिले दूध नै चाहेका थियौं वा त्यस्तै खालको एउटा असल चिज चाहेका थियौं । तर दुर्भाग्यको कुरा के भने पानीले च्यूरा भिजाउन पर्‍यो र अलिअति चिनीसम्म छर्किएका हौं” यो २०४७ साल को संबिधानको आलोचनात्मक समर्थ्नको बेला निस्केका विचार हुन । तर यी र यसको भाबार्थ अहिले पनि सबै प्रसङ्गमा मिल्छन । सके समा दूध, दही मै च्यूरा भिजाऔ । भिज्दा घाँटी चिर्दैन भिज्नै थाले दूध, घ्यू बिनै चबाएर निल्नु पर्ने हुन्छ ।

अन्त्यमा उहाँले माने झै ‘सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्छ’ जो समयानुकुल समाज निर्माण होस । जननेता मदनप्रति हार्दिक सम्मान ।