जनता टाइम्स

१७ असार २०७७, बुधबार १२:५९

‘लाइन्स क्लव अफ काठमाडौं एभरेष्ट वमन रेस्लर’को अध्यक्षमा मोडल तथा रेस्लर जुरेलि


काठमाडौं, असार १७

नेपाल महिला रेस्लिङ फाउन्डेसनको संस्थापक कोषाध्यक्ष तथा वरिष्ठ रेस्लर खेलाडी, कलाकार तथा चर्चित मोडल अस्मिता सुनार जुरेली लाइन्स क्लव अफ काठमाडौं एभरेष्ट वमन रेस्लरको अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । उहाँले महिला रेस्लिङलाई पहिलेदेखि नै योगदान पुर्याउँदै आउनुभएको थियो ।

चर्चित नेपालि टेलिसिरियल कुल खानदानमा समेत उहाँको मुख्य अभिनय रहेको छ भने हाल उहाँले तीज लगायत विभिन्न म्युजिक भिडियोहरुमा समेत अभिनय गरिसक्नुभएको छ । रेस्लिङमा मात्रै नभइ उहाँ सामाजिक क्षेत्रमा समेत अग्रसर हुनुहुन्छ ।