जनता टाइम्स

१७ असार २०७७, बुधबार १३:०१

यी हुन नेकपा एमाले दर्ता गर्नेहरु (नामसहित)


काठमाडौं, असार १७ । नेकपा एमालेको नाममा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनेहरु प्रधानमन्त्री केपी शर्मा ओली निकट नरहेको प्रष्ट देखिएको छ । एमाले दल दर्ताको निवेदन निर्वाचन आयोगमा परेसँगै सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष तथा प्रधानमन्त्री ओली निकटले दल दर्ता गराएको र सोको प्रमाण आफूसँग रहेको दावी गर्नुभएको थियो । तर निर्वाचन आयोगमा परेको निवेदनका आधारमा सो दावी झुटो सावित भएको छ ।

असार १२ गते धनुषाका मनिषकुमार उपाध्यायले आफू महासचिव रहेको जानकारीसहित निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको पाइएको छ । एमाले अध्यक्षमा सन्ध्या तिवारी रहनुभएको छ । जस्को कार्यसमिति २४ सदस्यीय रहेको छ । तिवारी मोरङ निवासी रहेको नागरिकताले खुलाएको छ ।

यस्तो छ केन्द्रीय समिति

अध्यक्ष : सन्ध्या तिवारी, मोरङ

उपाध्यक्ष : भगवती खडका, गेलु १ रामेछाप

महासचिव : मनिषकुमार उपाध्याय, जनकपुर नपा २ धनुषा

सचिव

प्रदेश १ : अस्मिता सुनार, रातापानी ३ खोटाङ

प्रदेश २ : दावा लामा, सामापुर १ सर्लाही

बागमति : जयराम राउत, सखुवा ४ रौतहट

गण्डकी : खग्न्द्रप्रसाद भुसाल, उरामपोखरा ५ पर्वत

प्रदेश ५ :  राधा पुरी, केरुङ ५ अर्घाखाँची

कर्णाली : हिराबहादुर बोहोरा, पाहाडा ३ डोल्पा

सुदुरपश्चिम : तारादेवी शाही, कापाडतोला बाजुरा

केन्द्रीय सदस्य

पवन बिष्ट, स्यूचाटार, काठमाडौं

निलम पोखरेल, भद्रपुर झापा

किरण लामिछाने, गोठाटार काठमाडौं

उमेश महतो, सर्लाही

उषाकुमारी झा, धनुषा

प्रदीपराज गिरी, गोठाटार, काठमाडौं

पुर्णिमा तामाङ, दाप्चा, काभ्रे

निश्चल बस्नेत, सिरहा

सञ्जीव बिष्ट, काठमाडौं

बिनिता कार्की, भक्तपुर

बिमला बिष्ट रोका, स्यूचाटार काठमाडौं ।