जनता टाइम्स

१७ असार २०७७, बुधबार १६:१२

को हुन एमाले उपाध्यक्ष पहिलो महिला रेस्लर खड्का ?


काठमाडौं, असार १७

नेकपा एमालेको नाममा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेसँगै उपाध्यक्षमा भगवति खड्का युनिकाको नाम रहेको छ । खड्काको नाम भने परिचित नै हो, खासगरी खेलकुद क्षेत्रका व्यक्तिहरूका लागि । उहाँले केही टेलिश्रृंखलामा अभिनय, फिल्ममा समेत अभिनय गर्नुभएको छ । उहाँले नेपाली टेलिश्रृंखला भुन्टीमा समेत अभिनय गर्नुभएको छ ।

खासमा राजनीति मन नपराउने खड्का हाल उपाध्यक्ष हुनुभएको हो । खड्का चर्चित एवं नेपालको पहिलो महिला रेस्लर समेत हुनुहुन्छ । उहाँ रामेछाप जिल्ला मन्थली नगरपालिका घर भई हाल काठमाडौं अनामनगरमा बस्नुहुन्छ । उहाँले नेपालमा धेरै पटक महिला रेस्लिङको आयोजना समेत गरिसक्नुभएको छ । उहाँ विभिन्न सामाजिक काममा समेत सक्रिय हुनुहुन्छ ।

असार १२ गते धनुषाका मनिषकुमार उपाध्यायले आफू महासचिव रहेको जानकारीसहित निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएसँगै उहाँ उपाध्यक्षमा रहनुभएको हो । एमाले अध्यक्षमा सन्ध्या तिवारी रहनुभएको छ । जस्को कार्यसमिति २४ सदस्यीय रहेको छ । तिवारी मोरङ निवासी रहेको नागरिकताले खुलाएको छ ।