जनता टाइम्स

१७ असार २०७७, बुधबार १६:३३

काठमाडौंमै देखिन थाले धेरै संक्रमित : बुधबार १७ नयाँ संक्रमित फेला


काठमाडौं, असार १७

पछिल्ला २४ घण्टामा नेपालमा ४८२ कोरोनाका संक्रमित फेला परेका छन् । योसँगै नेपालमा १४ हजार ४६ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो पटक काठमाडौं उपत्यकामा १७ जना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार शुक्रराज टपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा २ महिला र चार पुरुषमा कोरोना भेटिएको हो ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एक पुरुषमा संक्रमण देखिएको छ । पाटन अस्पताल ललितपुरमा भक्तपुरका एक महिला काठमाडौंका तीन महिला र एक पुरुष, ललितपुरका तीन महिला र दुई पुरुष हुनुहुन्छ ।

बुधबारसम्म डिस्चार्ज हुनेको सख्या पनि उल्लेख्य वृद्धि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबारसम्म देशभरबाट कुल ४ हजार ६५६ जना डिस्चार्ज हुनु भएको छ ।