जनता टाइम्स

१७ असार २०७७, बुधबार १७:२५

नियमित स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री गंगालाल अस्पतालमा


काठमाडौं, असार १७

प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्नु भएको छ । उहा आज अपरान्ह पाँच बजे बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्र पुग्नु भएको हो ।

प्रधानमन्त्री ओलीको अस्पतालमा मुटुको जाँच गरिनेछ । उहाको स्वास्थ्य जाँच नियमित नै भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । उहा आज विहान विभिन्न राजनीतिक भेटघाट र दिउसो स्थायी कमिटी बैठकमा सहभागी हुनु भएको थियो । स्वास्थ्य जाँच गरेपछि उहा आजै निवास फर्कनुहुनेछ ।

प्रधानमन्त्री ओलीको केही महिना पहिला दोस्रो पटक सफलतापूर्वक किड्नी प्रत्यारोपण गरिएको थियो ।