Untitled Document

हङकङ सम्मेलनको औपचारिक उद्घाटन आज

किरण बुढाथोकी/हङकङ

हङकङ सम्मेलनको आज औपचारिक उद्घाटन हुँदैछ । सम्मेलनको औपचारिक उद्घाटन नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्नुभएको कृषि मन्त्री चक्रप्राणी खनालले गदैहुनुहुन्छ । कार्यक्रममा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महत्तोदेखि निवर्तमान अध्यक्ष शेष घलेसम्म सहभागि हुनुहुन्छ ।
सम्मेलनमा प्रमुख अतिथिको रुपमा नेपाल सरकारको तर्फबाट कृषि मन्त्री चक्रप्राणी खनाल सहभागि हुनुहुन्छ भने वर्तमान अध्यक्ष भवन भट्ट अहिले आउने कार्यक्रम छ ।

कार्यक्रममा एनआरएन एसिया प्याशेफिक क्षेत्रीय संयोजक किरणविक्रम थापा, एनआरएन हङकङ अध्यक्ष एवं सम्मेलन तयारी समिति सदस्य सचिव राधिका गुरुगं (टिका )ले सम्मेलनको औपचारिक उद्घाटन आज हुने भए पनि हिजै सम्मेलन शूरु भएको घोषणा गर्नुभएको थियो । सम्मेलनको पहिलो दिन पिक टावर भ्रमण गराइयो भने बेलुका पाउनाको लागि विशेष भोज आयोजना गरिएको थियो ।

सम्मेलन तथा बैठक हार्वर ग्राण्ड कौलँन होटलमा औपचारिक रुपमा उद्घाटन गरिने भएको हो। सम्मेलनको आज दोस्रो दिन पनि रजिष्टेशन जारी राखिनेछ । एनआरएन एसिया प्याशेफिक सम्मेलन तयारी समिति सदस्य सचिव एवं एनआरएन हङकङ अध्यक्ष राधिका गुरुङ (टिका) का सम्मेलनको लागि सबै पाउनाहरु आइसक्नु भएको छ ।

यूरोप, ओसनीय, मध्य पूर्वका आइसिसी सदस्यदेखि एनसिसी सदस्यसमेत कार्यक्रममा सहभागि हुनु भएको छ । यो सम्मेलनलाई यस पटक विशेष महत्वका साथ हेरिएको छ । विश्वभरीबाट पहिलो पटक सबै एनआरएनका नेतृत्व तहका ब्यक्तीहरु सहभागि हुनु सम्मेलन आफैमा फलदायी हुने विश्वास गरिएको छ ।

सम्मेलनमा अहिलेसम्म एनआरएन आइसिसीको तर्फबाट उपाध्यक्ष कुमार पन्त, उपाध्यक्ष कुल आचार्य, महासचिव बद्री केसी, ओसनीय क्षेत्रका क्षेत्रीय संयोजक धर्मराज अधिकारी, एनआरएन युरोप क्षेत्रका क्षेत्रीय संयोजक शिवकुमार बरुवाल, एनआरएन प्रवक्ता भुषण घिमिरे, एनआरएन युवा संयोजक सुदन थापा, एनआरएन महिला उपाध्यक्ष सपिला राजभण्डारी, महिला फोरम संयोजक रजनी प्रधान, एनआरएन बेल्जियम अध्यक्ष लोकप्रसाद दाहाललगायतको सहभागिता रहेको एनआरएन एसिया प्याशेफिक संयोजक किरण थापाले जानकारी गराउनुभयो

December 9, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *