१३ मंसिर २०७७, शनिबार ००:००

संकटकाल र संसद भंग बारे प्रचण्डलाई प्रधानमन्त्री ओलीको दमदार जवाफ


काठमाडौं, मंसिर १३

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुमाथी लगाइएका विभिन्न आरोपको दमदार जवाफ दिनु भएको छ । सचिवालयमा प्रस्तुत गरेको ३८ पृष्ठको प्रतिवेदनमा उहाले अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले लगाएको तथ्यहिन आरोपको खुलेर जवाफ दिनु भएको हो ।

प्रचण्डले आफ्नो आरोप पत्रमा ओलीले संकटकाल लगाउन खोजेको’, ‘संसद भंग गर्न खोजेको’, ‘द्वन्द्वकालीन मुद्दाहरु व्युँताउन खोजेको’, ‘अख्तियार लगाउन खोजेको’, नेताहरु ‘लडाउन खोजेको’ दावी गर्नुभएको थियो । यसविषयमा यस्तो छ उहाको जवाफ :-

आरोप लगाउँदै जाँदा तपाईंले ममाथि ‘संकटकाल लगाउन खोजेको’, ‘संसद भंग गर्न खोजेको’, ‘द्वन्द्वकालीन मुद्दाहरु व्युँताउन खोजेको’, ‘अख्तियार लगाउन खोजेको’, नेताहरु ‘लडाउन खोजेको’आदि फरेब तेस्र्याउनु भएछ । लोकतन्त्र मेरो निष्ठा हो, वाध्यता होइन । विधिको शासन मेरो छनोट हो, ओठेभक्ति होइन । सिधा र खुल्ला वहस, अनि आवश्यक परे सिधा लडाइँ लड्ने मेरो विशेषता हो । छलकपट र दाउपेच मेरो स्वभाव होइन । म पार्टीभित्रका समस्याको समाधानका लागि यस्ता हतियारको सहारा लिनु पर्ने कमजोर धरातलमा उभिएको छैन । मैले लडाएर लड्ने त्यति कमजोर हुनुहुन्छ र हाम्रो पार्टीका नेताहरु ? आफ्नै छायासँग पनि तर्सिनु पर्ने अवस्थाबाट मुक्त हुनुहोस् !

मेरो विरोध गर्ने नाममा तपाईंले न्यायपालिका जस्तो सम्मानित र संवेदनशील संस्थालाई समेत विवादमा मुछ्ने गैरजिम्मेवार काम गर्नुभएको छ । त्यसलाई लिएर म कुनै टिप्पणीसम्म गर्न चाहन्नँ ।

 

Quick Links