१४ मंसिर २०७७, आईतबार ००:००

प्राइम इन्स्योरेन्सले १५% लाभांश दिने


काठमाडौं, मंसिर १४

प्राइम लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । मंसिर १२ गते शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/०७६ को सञ्चित मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

जसमध्ये ७ प्रतिशत बोनस सेयर र बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनको लागिसमेत गरी ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

Quick Links