काठमाडौं, मंसिर १४
बाग्लुङबाट काठमाडौंका लागि आएको कैलाश एयरको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरेको छ । बागमती प्रदेश प्रहरी प्रमुख वसन्त लामालाई प्राप्त जानकारी अुनसार हेलिकप्टर चरासँग ठोक्किएपछि पाइलटले आकस्मिक अवतरण गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले कैलाश हेलिकप्टर सर्भिसेस्को नाईन एनए जेजे हेलिकप्टर सामान्य दुर्घटनामा परेको जानकारी दिनुभयो । हेलिकप्टर ठुलो दुर्घटना हुनबाट जोगिएको प्रत्यक्षदर्शीले बताएका छन् । हेलिकप्टरमा सवार एक जना यात्रु सामान्य घाइते हुनुभएको छ ।
उहाँको अर्को हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको छ भने हेलिकप्टरको मर्मत हुँदैछ । गल्कोट नगरपालिका वडा–३ का अध्यक्ष वीरजंग भण्डारी, सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल तथा चालक सवार रहेका थिए । भण्डारीको हात र खुट्टामा सामान्य चोट लागेको छ । चरा ठोक्किँदा हेलिकप्टरको अगाडि सिसा फुटेको र केही भागमा क्षति पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्