जनता टाइम्स

१३ पुष २०७७, सोमबार १७:२४

चिनियाँ टोलीसँग प्रचण्डले भने–माधव नेपाल पार्टी अध्यक्ष होइनन, चित्त बुझाउन भनिदिएको मात्रै हो


काठमाडौं, पुस १३ । प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई ‘कू’ गर्न नसकेपछि पार्टीबाटै बाहिरिएको अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समुहबीच नै ठूलो मतभेद रहेको तथ्य खुलेको छ । नेकपाको बिभाजनसँगै नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीसँगको भेटमा प्रचण्ड र माधवबीच पदकै बिषयमा समेत समस्या रहेको तथ्य खुलेको हो ।

नेकपाका बरिष्ठ नेता नेपाल हाताहाती पद चाहिने अडानमा रहेका कारण पार्टीबाट बाहिरदै खडा गरिएको समुहमा प्रचण्डपछिको दोस्रो बरियताको अध्यक्ष भनिए पनि बास्तविकता त्यसो नभएको पाइएको हो । जुन कुरा अध्यक्ष प्रचण्ड स्वयंले खोल्नुभएको छ । खुमलटार स्रोतका अनुसार आज आफ्नै निवासमा चिनियाँ टोलीसँग भएको बार्तामा अध्यक्ष प्रचण्डले माधव नेपाल पार्टीको अध्यक्ष नभएको तर मान राख्न र चित्त बुझाउनका लागि अध्यक्ष भयौं भनिदिएको बताउनु भएको छ ।

‘माधव नेपाल अध्यक्ष होइनन, चित्त बुझाउनका लागि भनिदिएको मात्रै हो, अध्यक्ष नभन्दासम्म चित्त नबुझाउने भएकोले सहअध्यक्ष भएपनि अध्यक्ष भनिदिएको हो,’ चिनियाँ टोलीसँग अध्यक्ष प्रचण्डको भनाई उधृत गर्दै खुमलटार निकट एक नेताले जनताटाइम्ससँग भने । चिनिया टोलीसँगको भेटमा नेपाललाई संगै नराखी प्रचण्डले यस्तो बताएपछि सो टोली नेपालको कोटेश्वरस्थित निवासको साटो होटलमा बोलाएको हो । खुमलटार स्रोतका अनुसार अध्यक्ष प्रचण्डले माधव आफू बरावरको हैसियतको नेता नरहेको र अध्यक्ष नरहेको बताएपछि नेपाल निवासमै भेटने योजना त्यागेर होटलमा बोलाएको हो ।

प्रचण्डकै कारण निवास नजाने चिनियाँ टोलीको निश्कर्षपछि पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपाल अहिलेसम्मको सवै बिधि,पद्धती र मर्यादालाई तिलाञ्जली दिएर होटलमै चिनियाँ टोलीसँग भेट गर्न पुग्नुभएको थियो । चिनियाँ राष्ट्रपति सी जिनपिङको सन्देश लिएर आएको टोलीले नेकपा बिभाजन रोक्न सक्ने आधारबारे प्रचण्डसँग छलफल गरे पनि नेपालसँग भने नगरेको बताइएको छ ।

‘प्रचण्डको सहयोगी नेता र सो समुहको सहअध्यक्ष रहेको जानकारी पाएपछि टोलीले माधवसँग त्यत्ति धेरै छलफल गरेन, प्रचण्ड कन्भिन्स भए माधवले मान्ने बुझाइ रह्यो, त्यसैले होटलमा आइज भनेर नेकपाको अध्यक्ष होइनौं भन्ने प्रष्ट सन्देश पनि दियो,’ प्रचण्ड–माधव समुहकै एक नेताले जनताटाइम्ससँग भन्यो । सरकारीबाहेकको काममा आउँदा चिनियाँ टोलीले कम्युनिष्ट पार्टीको अध्यक्षलाई निवासमै पुगेर भेट गर्ने गरेको छ । तर नेपाललाई भने होटलमा बोलाएको हो ।