Untitled Document

पल र एलिशाको अभिनय एवम् गायक सुदन गैरेको सानी चर्चामा (भिडियोसहित)

काठमाडौं, माघ २८

नेपाली मुभी, म्युजिकको क्षेत्र ठूलो छैन । यो सानो क्षेत्रमा कलाकारितामा लाग्ने कलाकारको सङ्ख्या भने ठूलो छ ।

कति रहर गरेर आउउँछन् त कति करिएर बनाउने सोचका आएका हुन्छन। कतिपय यो क्षेत्रमा आएकाहरु हराउँछन भने कतिपय टिकिरहन्छ्न ।

बेला–बेला प्रतिभा पलाएनको कुरा पनि यो क्षेत्रमा आउँछ कती आफ्नो सपनालाई मारेर बाहिरन्छन र उतै हराउँछन ।

देश बाहिर रहेर पनि देशको कला संगीतलाई माया गर्ने सोर्ता र कलाकार देश बाहिर पनि धेरै छन्।सुदन गैरे नेपाली म्युजिक इन्डस्ट्रीमा नयाँ नाम पक्कै होइन ।

बिगत ८ वर्ष देखि अमेरिकामा बसिरहेका यी गायकलाई गीत संगीतमा सानै देखि रुचि थियो । काठमाडौंमा फाइन आर्ट कलेज पढ्दा नै उनले आफ्नो म्युजिकल करिएर सुरुवात गरेका थिए ।

यसअघि ३ वटा म्युजिक एल्बम सार्वजनिक गरिसकेका यी गायकले केही वर्ष यता सोलो गीतहरु सार्वजनिक गर्दै आएका छन् ।

केही दिन अघि डिजिटल बजारमा सार्वजनिक भएको उनको नयाँ गीत ‘सानी’ लाई दर्शकले माया र साथ दिएका छन् ।

उनको आफ्नै एकल स्वर र संगीत रहेको यस गीतमा प्रतिमा शर्माको शब्द रहेको छ भने आशिष अविरलको संगीत सयोजन रहेको छ ।

उत्सव दहालले खिचेको यस गीतको भिडियोलाई गम्भीर बिस्टले कोरियोगार्फ गरेका हुन् । म्युजिक भिडियो र फिल्ममा चर्चित कलाकार पल शाह र एलिशा राईको अभिनय भिडियोमा देख्न सकिन्छ ।

सुब्रतराज आचार्यको निर्देशनमा गीतको भिडियो तयार भएको हो ।

February 11, 2019मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *