Untitled Document

उपचारपछि गायक सोनु निगम भारत फर्किए

काठमाडौं, फागुन ९

नर्भिक अस्पतालमा उपचाररत भारतका चर्चित गायक सोनु निगम डिस्चार्ज हुनुभएको छ । । उपचारपछि उहाँ भारत फर्किनुभएको छ । अस्पतालबाट उहाँ सोझै एम्बुलेन्समार्फत त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।

बुधबार दिउँसो २ बजे उहाँ अस्पतालबाट डिस्चार्ज हुनुभएको अस्पतालले जनाएको छ । ढाडको मा‌ंशपेसीमा समस्या आएपछि गायक निगम मंगलबार अस्पताल भर्ना हुनुभएको थियो । उहाँको स्वास्थ्यमा सुधार आएपनि पूर्णरुपमा निको हुन भने समय लाग्ने बताइएको छ।

पोखरामा रहँदा उहाँको ढाडको मांशपेसीमा समस्या देखिएपछि मंगलबार दिउसो १ बजेर १५ मिनेट जाँदा अस्पताल भर्ना गरिएको थियो । गायक निगमको डा पंकज जलान र डा प्रवीण नेपालको टोलीले उपचार गर्नुभएको थियो ।

February 21, 2019मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *