Untitled Document

दर्शकको मन जित्दै मेरी आमा (भिडियोसहित)

काठमाडौं, फागुन १३

अमेरिकामा बसेर पनि देशका बारेमा चिन्ता र चासो राख्ने गीतकार प्रलाद शाहले लेखेको गीत मेरी आमालाई दर्शक श्रोताले निकै मन पराएका छन् ।

एकदमै मनछुने शब्द रहेको यस गीतमा लोकप्रीय गायिका मेलीना राईको आवाज रहेको छ भने संगीत नबिन कार्कीको रहेको छ ।

रंगमन्चकी चर्चित कलाकार शान्ती गिरी र ‘नाई न भन्नु ल ५’ बाट डेब्यु गरेकी कलाकार सेड्रिना शर्माले भिडियोमा अभिनय गरेका छन् ।

अनिल के मानन्धरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । बिकाश सुवेदीको कथा र कन्स्पेटमा गीतको भिडियो तयार भएको हो।

February 25, 2019मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *