Untitled Document

रवीन्द्र अधिकारी हेलिकप्टर दुर्घटनामा परी निधन भएको कुरा पत्याउनै कठिन भएको छ : श्रममन्त्री बिष्ट

काठमाडौं, फागुन १५

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले हेलिकोप्टर दुर्घटनामा परी भएको पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनले आफूस्तब्ध बनेको बताउनु भएको छ ।

नेकपाका स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री बिष्टले अधिकारीको निधनको कुरा पत्याउन कठिन भइरहेको स्ट्याटस लेख्नुभएको छ ।

‘तीन दशकभन्दा लामो समयदेखिको मेरो घनिष्ठ मित्र तथा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी हेलिकप्टर दुर्घटनामा परी निधन भएको कुरा मलाई पत्याउनै कठिन भएको छ । यो घटनाले मलाई अत्यन्त स्तब्ध बनाएको छ,’ मन्त्री बिष्टले सामाजिक सञ्जाल फेसबुकमा लैखनुभएको छ ।

यस्तो छ मन्त्री बिष्टको स्ट्याटस

तीन दशकभन्दा लामो समयदेखिको मेरो घनिष्ठ मित्र तथा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी हेलिकप्टर दुर्घटनामा परी निधन भएको कुरा मलाई पत्याउनै कठिन भएको छ । यो घटनाले मलाई अत्यन्त स्तब्ध बनाएको छ । उहाँको निधनले देशका लागि अपुरणीय क्षति पुगेको छ । यस घडीमा कमरेड रवीन्द्र अधिकारीसहित दुर्घटनामा जीवन गुमाउने पर्यटन उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, निर्देशक धुर्व भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनहरुप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।

February 27, 2019मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *