Untitled Document

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा राजधानीमा प्रभातफेरी (फोटोसहित )

काठमाडौं, फागुन २४

नेपालसहित विश्वभर १ सय ९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विविध कार्यक्रम गरेर आज मनाइँदै छ । ‘लैंगिक समानताका लागि समान सोंच र व्यवहार: समृद्धिको आधार’ भन्ने मूलनाराका साथ नेपालमा यो दिवस मनाइदैछ ।

दिवसकै अवसर पारेर राजधानीमा आज विहान महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अगुवाईमा प्रभातफेरी निकालिएको छ । भृकुटीमण्डपबाट शुरु भएको प्रभातफेरी पुतलिसडक, बागबजार, पुरानो बसपार्क हुदै पुन: भृकुटीमण्डपमा आएर समापन भएको थियो । जसमा विभिन्न संघ सस्था, सुरक्षा निकाय लगायतको सहभागिता रहेको थियो ।

लैङ्गिक समानताका लागि समान अवसर, सामाजिक सुरक्षा, आर्थिक समावेशीता, विभेदरहित व्यवहार हुनु पर्ने माग सरोकारवालाले उठाउदै आएका छन् । जसका लागि सबैको सोच र व्यवहारमा पनि समानताको खाँचो उनीहरुले औँल्याएका छन् । तर अझै पनि केही सीमित बाहेक लैङ्गिक समानताका लागि राज्य तहबाटै प्रत्याभूत गर्ने गरी समान अवसर, समान सहभागिता र समान पहुँच सुनिश्चित गरिएको अवस्था छैन ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउने थालिएको हो । नेपालमा विसं २०१७ सालमा प्रथम पटक श्रमिक महिला दिवस मनाइएको थियो भने वि.स. २०४६ को बहुदलीय व्यवस्था पछि विभिन्न पार्टीका जनवर्गीय संगठन, सरकारी तथा गैर सरकारी निकायहरुले नियमित यो दिवस मनाउँदै आइरहेका छन् ।

March 8, 2019मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *