Untitled Document

रक्षामन्त्री पोखरेलले प्रधानमन्त्रीलाई केक खुवाएपछि…

काठमाडौं, फागुन २७

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो स्वास्थ्यप्रति सदैव ख्याल राख्नुहुन्छ । उहामा संक्रमण सर्न सक्ने भन्दै चिकित्सकले नै धेरै कुरामा उहालाई रोक लगाउदै आएका छन् ।

प्रधानमन्त्रीले फुलको माला अत्यन्त कम लगाउने गर्नुभएको छ भने खानेकुरामा पनि निक्कै कन्ट्रोल गर्नुभएको छ । तर, सोमबार सिहंदरवारमा अलिक बेग्लै दृश्य देखियो । सन्दर्भ थियो, राष्ट्रिय सुरक्षा परिषद्को १८ औं वार्षिक उत्सव । सुरक्षा परिषद् भन्ने वित्तिकै राष्ट्रको सुरक्षाका लागि निर्णय लिने अधिकार राख्ने संस्था हो ।

१८ वर्ष पुरा गरी १९ औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा त्यहा केक ल्याइएको थियो । सो केक काट्दै प्रधानमन्त्रीले ‘सुरक्षा परिषद्लाई ह्याप्पी बर्थडे’ भन्नुभयो । त्यसपछि उहाले त्यहा उपस्थित प्रधानसेनापति पूर्णचन्द्र थापा लगायतलाई केक खुवाउनु भयो ।

त्यसलगत्तै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री ओलीलाई केक खान अफर गर्नुभयो । प्रधानमन्त्री ओलीले पनि मन्त्री पोखरेलको हातबाट केक खानु भयो । कार्यक्रममा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली अर्थमन्त्री युवराज खतिवडा, प्रधानसेनापति पूर्णचन्द्र थापासहित सबै सुरक्षा अंगका प्रमुखहरूको सहभागिता रहेको थियो।

March 11, 2019मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *