Untitled Document

किन तरङ्ग ल्यायो ११ बुँदेले ? सिके चलाख भएकै हुन त ?

बिनोद खड्का

नेपाली राजनीतिमा भरखरै एउटा तरङ्ग पैदा भयो तरङ्ग पैदा हुनुको कारण थियो नेपाल सरकारका गृहमन्त्रीले पृथकवादी सोच राख्ने सिके राउतसँग गरेको ११ बुदे सहमति ।

आखिर के थियो त ११ बुदे सहमतिमा ? के अईले हल्ला गरेजस्तो स्वतन्त्र मदेशको मुद्दामा सरकार झुक्या हो त ?

भन्ने धेरैमा शंका पैदा भएको छ भने सामाजिक सञ्जालमा विभिन्न दृष्टिकोणहरू बुझेर वा नबुझेर राख्ने, होहल्ला गर्ने काम व्याप्त छ।

आखिर अहिले नै हामी सिकेसँग डराउनु र सरकारसँग सशंकित हुनुपर्ने बेला आएको हो त ? किमार्थ त्यो हैन किनभने पृथकतावादी सोच राख्ने सिकेलाई पनि मुलधारमा ल्याउनु सरकारको कर्तव्य थियो ।

छिटपुट जे परिघटना भए पनि सरकारसँग सहमति पत्रमा जुन हस्ताक्षर सिकेले गरे र राष्ट्रियसभाबाट जुन सम्बोधन गरे त्यो साच्चै एउटा उपलब्धिको रूपमा लिनुपर्छ ।

हामी मानौं या नमानौ तराईमा सिकेको विचारलाई समर्थन गर्ने लाखौं छन् र अन्य शक्ति भन्दा तराईमा उसको उपस्थित बलियो देखिन्छ ।

त्यसैले त्यो शक्ति वा उसका एजेन्डा विफल बनाई पृथकवादी सोचलाई परास्त गरि एक सार्वभौम नेपाल, अखण्ड नेपाल संविधानमा बाधिएको नेपाललाई सिकेले मान्छु, ऐन कानुनलाई मध्यनजर गर्दै आफ्ना गतिविधि गर्छु भन्ने ठाउँमा सिकेलाई पुर्याउन सरकारको चानचुने कुरा मान्न सकिन्न ।

तर सरकारसँग जुन सम्झौता गरियो त्यसको भोलिपल्ट जनकपुरमा जे देखियो त्यो सच्चा नेपालीको लागि सैह्य किमार्थ हुनै सक्दैन ।

तथापि सिकेकै कुरालाई वा उसको पछिल्लो स्टाटर्सलाई हेर्ने हो भने म आफूले कार्यकर्तालाई बुझाउन नसकेको र अबका दिनमा यस्ता कार्य हुनेछैन म सहमतिप्रति प्रतिबद्ध छु भन्दा यतिबेला हामी धेरै संसकित हुनु पर्ने ठाउँमा पनि छैनौं ।

अर्को कुरा सरकारले जे निर्णय गर्नुपर्ने थियो त्यो गरेको छ दिर्घकालिन खतराहरूलाई निस्तेज पार्ने काम यो सरकारबाट भएको छ यसलाई जतिसक्दो छिटो कार्यान्वयन गरे नेपाली जनताको हितमा नै छ ।

तथापि कतिपयले सरकार जनमत सङ्ग्रह गर्न तयार भयो भनेर हल्ला फिजाउने अपुष्ट खबरहरूको रहबैया फैलाएर नेपाललाई फेरि अस्थिरतातिर धकेल्ने जमर्को जसरी हुँदैछ त्यो स्वाभिमानी नेपाली र समृद्ध पक्षधरहरूको लागि खतरा पैदा भएको महसुस सजिलोसँग गर्न सकिन्छ ।

अहिले कतिपय गिरोहहरू नेपाललाई कसरी पहिलेकै ठाउँमा राख्न सकिन्छ, कसरी कमिसन र घुसखोरीलाई नै प्राथमिकतामा राख्न सकिन्छ भनेर घुँडा धसेर लागि रहेको तथ्य लुकाईयो र यो हामीले बुझेनौ भने सबैभन्दा दुखदायी क्षण हुनेछ ।

सिकेको नाममा खेल्नेहरू सिकेलाई बुईचडाएर गोलि पड्काउने र सिकेलाई नै देखाएर अस्थिरता पैदा गरिरहने केही तराईमा गिरोह नभएका हैनन् ।

त्यो गिरोह यतिबेला छिन्नभिन्न अवस्थामा छ र सिकेमार्फत सिकेका गतिविधि देशलाई अन्योलतिर धकेल्न कम्बर कसेरै लागि रहेको छ ।

मैले यति भनी रहँदा धेरैले यो त सिकेको बाईहटनै भएछ भनेर आरोप पनि नलगाउलान् भन्न सकिन्न तर पनि सिकेका गतिविधि पछिल्लोपटक देख्दा जतिसुकै खेद प्रकट गरेनि कमै हुन्छ, तथापि मलाई के विश्वास छ भने सिके अब खुल्ला राजनीतिमा आउँछन् र तराई छुटै देश हो, भन्ने छैनन्
भन्नेमा अलि नजिक छु ।

यति भनिसक्दा र यस्ता कुरामा सिकेले खेलवाड गरेभने स्वयं सिके सकिन्छन्, सिकेका हजारौं कार्यकर्ता सकिन्छन् र सक्दिनु पनि पर्छ, भलै उनी सहमतिमा फर्किछन् जे कुरामा अथवा आगामि निर्वाचनमा भाग लिन्छु जनताको विचबाट आफ्नो हैसियत स्थापित गर्छु भनेर जसरी सहमति पत्रमा हस्ताक्षर गरेका छन् त्यो सिकेले पूरा गर्नुको विकल्प छैन् ।

सिकेले भनेको जस्तो जनमत सङ्ग्रह त्यस्ता मुद्दामा हुन्न यसमा तपाईं हामी झुक्किनु पर्ने ठाउँ नै छैन।

यदि त्यस्तो ठाउँ फेरि आएमा हामी पनि जाई लागौँला तर हालको वर्तमान सरकार जुन दौडानमा दौडिरहेको छ यो रेसियो निरन्तरता भयो भने उसको पाँच बर्षे कार्यकालमा तपाईं हामीले देखिने परिवर्तन भने अवस्य हुन्छ ।

समृद्ध नेपालको परिकल्पना सहित उपस्थित भएको नेपाली जनमनको सरकार माथि तपाईं हामीले नै धावा बोल्न र औंला उठाउन हामी लाग्यौं भने हामी मात्र होइन हाम्रो पुस्ताले फेरि पहिलेको पुरानै संस्कार जताततै भष्टचार उन्मुख समाज, दलालीहरूको बिगबिगीमय हुने र समाज अशान्ति, असुरक्षा, अस्वतन्त्र महसुस गर्नेछौं ।

त्यसैले पहिला सतहमा गएर बुझौं र आफ्नो धारणाहरू सार्वजनिक गरौँ । हाल सरकारले जे गर्नुपर्ने थियो त्यो गरेको छ, अन्योल ग्रस्त समयमा सत्ता हात पारेको थियो, त्यसलाई चिर्दैछ र चिर्छ पनि भन्यमा सबै ढुक्क हौँ ।

March 12, 2019मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *