Untitled Document

रोनाल्डोको ह्याट्रिकसंगै युभेन्टस च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं, फागुन २९ ।

क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गोल गर्दै आफ्नो टिम युभेन्टसलाई च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गराएका छन् ।

मंगलबार राति भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि ३–० गोल अन्तरले पराजित गर्दै इटालियन क्लब युभेन्टस क्वाटरफाइनलमा प्रवेश गरेको हो । युभेन्टसले समग्रमा एट्लेटिको मड्रिडमाथि ३–२ गोलअन्तरले जित निकालेको हो । यसअघि भएको पहिलो लेगमा भने युभेन्टस २–० गोलअन्तरले पारजित भएको थियो ।

पहिलो हाफमा एक गोलले अघि रहेको युभेन्टसले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । युभेन्टसका लागि खेलको २७औं मिनेटमा रोनाल्डोले गोल गरे । त्यस्तै, ४९औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरेका रोनाल्डोले खेलको ८६औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पूरा गरे । यो ह्याट्रिकसँगै रोनाल्डोले च्याम्पियन्स लिगमा आठौं ह्याट्रिक पूरा गरेका छन् ।

March 13, 2019मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *