Untitled Document

प्रज्ञा-प्रतिष्ठानले ‘पियर रिभ्यु जर्नल’ प्रकाशन गर्ने

काठमाडौँ, चैत १

नेपाल प्रज्ञा प्रतिष्ठानको शोधमूलक अर्धवार्षिक पत्रिका ‘प्रज्ञा’ लाई ‘पियर रिभ्यु जर्नल’ रूपमा प्रकाशित गरिने भएको छ ।

बौद्धिक तथा प्राज्ञिक जगत्को मागलाई ध्यान दिएर शोधमूलक अर्धवार्षिक सो पत्रिकालाई अब उप्रान्त जर्नलका रूपमा निकाल्ने निर्णय भएको समालोचना तथा निबन्ध विभागका प्रमुख प्रा. डा. गोपिन्द्र पौडेलले बताउनुभयो ।

पौडेल पत्रिकाको प्रधान सम्पादक हुनुहुन्छ । पत्रिकामा भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र, सामाजिकशास्त्रलगायत विविध ज्ञान विज्ञानसम्बन्धी अनुसन्धानमूलक सामग्री प्रकाशित हुँदै आएको छ ।

March 15, 2019मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *