Untitled Document

राष्ट्रसंघको कार्यक्रममा सहभागी भई राष्ट्रपति स्वदेश फिर्ता

काठमाडौं, चैत १

राष्ट्रपति विद्यादेवी भण्डारी सयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी भएर स्वदेश फर्किनु भएको छ । उहालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले स्वागत गर्नुभयो ।

संयुक्त राष्ट्रसंघको शक्तिमा रहेका महिला भेलाका लागि उहासहितको टोली अमेरिकाको न्यूर्योक गएको थियो । न्युर्योक भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले शक्तिमा रहेका महिला भेलामा सम्बोधन गर्नुभयो । राष्ट्रपति भण्डारीले विश्वमा महिलाको अवस्था प्राकृतिक नभएकाले त्यसलाई परिवर्तन गर्न सम्भव रहेको बताउनुभएको थियो । महिलाको अवस्था परिषदको सम्मेलनका क्रममा आयोजित शक्तिमा महिला विषयमा भेलामा राष्ट्रपति सहभागी हुनुभएको हो ।

परिषद्को मन्त्रिस्तरीय बैठकमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि थममाया थापाले सहभागी हुनुभएको थियो । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेज, राष्ट्रसंघ महासभा सभापति मारिया फर्नान्डा तथा एष्टोनिया र क्रोयसियाका समकक्षीसँग पनि भेट गर्नुभएको थियो ।

March 15, 2019मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *