Untitled Document

घुससँगै पाठकको अकुत सम्पत्तिमाथि छानबिन, लोकमान पनि तानिने संभावना

काठमाडौं, फागुन ९ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकमाथि घुस र अकुत सम्पत्तिमा छानबिन थालेको छ। अख्तियार र शिक्षा मन्त्रालयले घुस खुवाउने भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनिरिङ कलेजमाथि पनि अनुसन्धान थालेको हो। अनुसन्धान टोली बनाएर मंगलबारबाट विस्तृत अनुसन्धान गरिरहेको अख्तियारले शिक्षा मन्त्रालयमार्फत इन्जिनिरिङ कलेज चाँगुनारायणको विवरण मागेको छ। अख्तियारको मागअनुसार मन्त्रालयले इन्जिनियरिङ कलेजको विवरण […]

सुन तस्करको सञ्जाल ध्वस्त, नाइकेलाई छिट्टै पक्राउ गरिन्छ : गृहमन्त्री थापा

काठमाडौं, फागुन ८ गृहमन्त्री रामबहादुर थापाले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार सफल भएको बताउनुभएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै उहाँले भन्नुभयो, “मुलुकमा भइरहेका महिला हिंसालगायत विभिन्न घटनामा संलग्नलाई कानूनी कठघरामा उभ्याउन सरकार सफल भएको छ ।” गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कारपछि हत्या जघन्य अपराध भएको उल्लेख गर्दै घटनामा […]

हुलाकको प्रभावकारिता घट्दै

अमरगढी, फागुन ८ सञ्चारको क्षेत्रमा लामो इतिहास बोकेको हुलाक सेवा आजभोलि प्रभावकारिता घट्दै गएको छ । इन्टरनेट तथा विभिन्न सञ्चार सेवामा पहुँच बढ्दै जाँदा हुलाक सेवाको पहुँच घट्दै गएको हो । सूचना–प्रविधिको विकासले फड्को मार्दा हुलाकमार्फत चिठीपत्र पठाउने प्रचलन हराउँदै गएको छ । टेलिफोन, इन्टरनेट र फ्याक्सलगायत अहिले आएर सबैको हातहातमा मोबाइल फोन सर्वसुलभ भएपछि […]

व्यावसायिक महिला सञ्जालको सम्मेलन

काठमाडौँ, फागुन ८ चुल्होचौकोबाट बाहिरिएर दक्षिण एशियाली नारी पुरुषसँग काँधमा काँध मिलाउँदै कठिनतम काम गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह गर्न दुईदिवसीय क्षेत्रीय सम्मेलन ललितपुरमा प्रारम्भ भएको छ । ऊर्जा क्षेत्रमा महिलाको सहभागिता प्रवद्र्धन गर्ने उद्देश्यले विश्व बैंकको अगुवाईमा नेपालमा पहिलोपटक आयोजना भएको उक्त सम्मेलनको नेपाल, मालदिभ्स र श्रीलंकाका लागि बैंकका निर्देशक आइडाह स्वाराई रिद्धिहौले […]

ट्याक्सी चालकले यात्रुले छाडेको सुनको पोको र नगद देखेपछि..

काठमाडौं, फागुन ८ काठमाडौं उपत्यकामा ट्याक्सी चलाउँदै आएका धरान निवासी सिमल राईले जव आफ्नो ट्याक्सीमा यात्रुले सामान छोडेको देखे, मनमा अचम्मको छटपटी भयो । सामान छाडने यात्रुको मनको पीडा कस्तो होला भन्ने चिन्ताले राईलाई सतायो । के गर्ने भन्ने सोच्नै सकेनन । कसरी फिर्ता दिऊँ भन्ने सोच्दा पत्ता लगाउनेउपाय भएन ।उहाँ साझै ट्राफिक प्रहरीमा पुग्नुभयो […]