Untitled Document

होटलमा बस्छन् धवलागिरि अञ्चल अस्पताल बागलुङका चिकित्सक

गलकोट, चैत ६ लामो समयदेखि चिकित्सकको अभाव खड्किरहने धवलागिरि अञ्चल अस्पताल बागलुङमा अहिले २२ चिकित्सक सेवारत छन् । अञ्चल अस्पतालको इतिहासमै सबैभन्दा धेरै चिकित्सक सेवारत हुँदा अस्पतालमा चिकित्सकलाई आवासको व्यवस्थापन गर्न भने अस्पताललाई धौधौ परेको छ । अस्पतालमा सेवारत सबै चिकित्सकलाई आवासको व्यवस्था गर्न एक आवास निर्माणको चरणमा छ भने अर्को आवास निर्माण सम्पन्न भए […]

किहुँ गाउँमै एम्बुलेन्स संचालन भएपछि स्थानीय हर्षीत

दमौली, चैत ६ तनहुँको भिमाद नगरपालिका–१ किहुँमा एम्बुलेन्सको सुविधा पुगेपछि स्थानीयवासी खुशी भएका छन् । गाउँमै एम्बुलेन्स नहँुदा महँगो शुल्क तिरेर अस्पतालसम्म जानुपर्ने बाध्यतामा रहेका यहाँका स्थानीयवासी गाउँमै सेवा पाउने भएपछि खुशी भएका हुन् । स्थानीय शङ्कर वाग्लेले गाउँमै एम्बुलेन्सको सेवा भएपछि अब यहाँका वासिन्दालाई सहज भएको बताउनुभयो । उहाँका अनुसार एम्बुलेन्सको अभावमा ट्याक्सी वा […]

मुटुरोग पीडितलाई आर्थिक सहयोग

भोजपुर, चैत ५ आर्थिक अवस्था कमजोर रहेका एक मुटुरोग पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । मुटुरोगी भोजपुरको रामप्रसाद राई गाउँपालिकाका-६ का ३१ वर्षीय हेमराज राईको उपचारका लागि स्थानीयवासीबाट सङ्कलित रु ११ हजार ७६५ पीडित राईकी दिदी अनिता राईलाई हस्तान्तरण गरिएको स्थानीयवासी खगेन्द्र खड्काले जानकारी दिनुभयो । उपचारमा अर्थाभावका कारण समस्या भएपछि नेशनल लाइफ इन्सुरेन्स […]

‘अस्पताल लैजाउ, म बाँच्न चाहन्छु’

घोडाघोडी, चैत ५ कैलालीको बर्दगोरीया गाउँपालिका–२ कुम्भीया गाउँकी मीना बमलाई ‘ब्लड क्यान्सर’ भएको दुई वर्ष भयो । एक वर्षदेखि लगातार उपचार गरे पनि उहाँ स्वास्थ्यमा सुधार नभएपछि घरमै थला पर्नुभएको छ । बमको आर्थिक अवस्था कमजोर छ । “मलाई अस्पताल लैजाउ, म बाँच्न चाहन्छु”, उहाँ पीडा सुनाइ रहनुहुन्छ । चिकित्सकका अनुसार बमको उपचार गर्न करीब […]

आधुनिक परिवार नियोजनका साधनको प्रयोग दर न्यून

विष्णु नेपाल / काठमाडौँ परिवार नियोजनका आधुनिक साधनमाथि प्रजनन उमेरका महिलाको पहुँच अत्यन्त न्यून रहेको छ । परिवार नियोजन, मातृत्व र नवजात शिशु स्वास्थ्यका बारेमा अध्ययन अनुसन्धान गर्दै आएका अमेरिकास्थित गुट्मार इन्ष्टिच्यूट र नेपालस्थित वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) ले गरेको एक अध्ययन अनुसार नेपालमा आधुनिक परिवार नियोजनका साधनको प्रयोगदर विगत ६० […]