जनता टाइम्स

२७ कार्तिक २०७८, शनिबार ०८:५७

अर्घाखाँचीबाट सर्वसम्मत छानिए १६ जना एमालेका महाधिवेन प्रतिनिधि


अर्घाखाँची, कात्तिक २७ । अर्घाखाँचीबाट नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत रुपमा १६ जना प्रतिनिधि चयन गरेको छ ।

चयन भएका प्रतिनिधिहरुमा खुल्लाबाट चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, कुटमुदिन अलि, जनार्दन खनाल, पिताम्बर भुसाल, प्रकाश ज्ञवाली, तोजबहादुर रायमाझी, काशिराम आचार्य र खगिश्वर पन्थी हुनुहुन्छ ।

यस्तै महिलातर्फ जालपा भुसाल, प्रमिला क्षेत्री, बिजुला रायमाझी र बिष्णुमाया आचार्य चयन हुनुभएको छ । यसैगरी दलिततर्फ भोज बहादुर गन्धर्व, लिलबहादुर बिक र शिवकला बिक चयन हुनुभएको नेकपा एमाले अर्घाखाँचील जनाएको छ ।