जनता टाइम्स

३० कार्तिक २०७८, मंगलवार १३:०२

मुस्लिम इत्तेहाद संगठन र किसान महासंघले छान्यो एमाले महाधिवेशनका प्रतिनिधि


काठमाडौं, कात्तिक ३० । नेपाल मुस्लिम इत्तेहाद संगठनबाट नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरेको छ । संगठनले सफर मियाँ, लालबाबु शेख, शकिल अहमद खा, साजिदा खातुन सिद्धिकी र मुन्नी खातुलाई महाधिवेशन प्रतिनिधि चयन गरेको हो ।

यस्तै एमालेको अर्काे जनसंगठन अखिल नेपाल किसान महासंघले पनि एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरेको छ । प्रतिनिधि चयन हुनेमा प्रेम दंगाल, कमलराज श्रेष्ठ, बेनुप्रसाद शिवाकोटी, जिवन्ती पौडेल र सरिता भुसाल हुनुहुन्छ । एमालेको दसौं महाधिवेशन यही मंसीर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।