जनता टाइम्स

७ मंसिर २०७८, मंगलवार ०७:१०

एमालेको संगठित सदस्य बढ्यो, महाधिवेशन प्रतिनिधि संख्या बढ्ने


काठमाडौं, मंसिर ७ । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि बढ्ने भएका छन् । यसअघि १ हजार ९९९ प्रतिनिधि हुने भनिएकोमा संख्या अब त्यो भन्दा बढी हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

यो बीचका करीब डेढ लाख सदस्य थपिएकाले प्रतिनिधि संख्या तोकिएको भन्दा बढी हुने तामाङले बताउनुभयो । उहाँले केन्द्रीय कमिटीले मनोनयन गर्ने ५ प्रतिशतसहित २ हजार १ सय ५० देखि २२ सयसम्म प्रतिनिधि हुने उहाँको भनाइ छ।

तामाङका अनुसार एमालेका संगठित सदस्य ८ लाख ५५ हजार ४५३ पुगेका छन्।