नवलपरासी, बैशाख ३० । पूर्व–पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत कावासोती दुम्कीबास खण्डको बीचमा पर्ने चोरमाराको पुल भाँच्चिएपछि अलपत्र परेका सवारी साधनलाई वैकल्पिक सडकबाट वारपार गराइएको छ । भाँच्चिएको पुलमा जोखिमलाई ध्यानमा राख्दै यातायात आवागमन रोकिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) यादव ढकालका अनुसार चोरमारा बजारबाट केही तल हुँदै गाडी वारपार गराइएको छ । चोरमारा बजारबाट दक्षिणमा रहेको नवजागरण क्याम्पस नजिकबाट गाडी पूर्व–पश्चिम जाने वैकल्पिक सडकबाट गाडी वारपार गराइएको हो ।
एसपी ढकालले साना र यात्रुवहाक गाडीलाई प्राथामिकतामा राखेर यातायात सञ्चालन गराइएको बताउनु भयो । २०३१ सालमा निर्माण गरिएको जीर्ण फलामे पुल सोमबार राति करिब १० बजे लच्किएपछि त्यहाँ यातायात आवागमन बन्द गराइएको हो । नारायणगढदेखि ४२ किलोमिटर पश्चिममा रहेको फलामे पुल लच्किएका कारण राजमार्ग अवरुद्ध भएको थियो ।
प्रतिक्रिया दिनुहोस्