काठमाडौं, कात्तिक २० । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीको नवनिर्वाचित कार्यसमितिको शपथमा निकै रोचक दृष्य देखिएका छन ।
अमेरिकाको बाल्टिमोर निवासी लमजुङका प्रभुराम थापा अध्यक्षमा निर्विरोध निर्वाचित हुँदा उपाध्यक्षमा निवर्तमान कमिटीका सचिव चानक पोखरेललाई पराजीत गरी युइर्एका टकबहादुर गुरुङ, सचिवमा जर्मनीका सन्तेष भट्टराईलाई हराएर बेलायतका रामशरण सिंखडा र उपसचिवमा जापानका सुरेश केसीलाई हराएर अमेरिकाका कृष्णप्रसाद लामिछाने निर्वाचित हुनुभएको छ । उपसचिव महिलामा भने अध्यक्ष थापाजस्तै इजरायलकी ज्योतीदेवी शर्मा निर्विरोध हुनुभएको छ ।
यस्तै सदस्यहरुमा मध्यपूर्व महादेशका चार सदस्यबाहेक सवै महादेशमा निर्बिरोध निर्वाचित भएका छन । निर्वाचित हुनेमा कृष्णप्रसाद आचार्य, चन्द्रबहादुर गुरुङ्ग, तेजबहादुर कटवाल, प्रभात त्रिपाठी, विनेशकुमार तामाङ, इन्दिरा कटवाल, रश्मि राई (गुराँस), इन्द्रप्रसाद ओली र गोविन्दप्रसाद पौडेल हुनुहुन्छ ।
यसैगरी चन्द्रकान्त आचार्य, टिकाराम सापकोटा, सत्यनारायण झा, सुरेन्द्र थपलिया, चन्द्राकुमारी गुरुङ्ग र सरस्वती केसी, प्रकाश बस्नेत, रमेश प्रसाद धिताल, कुन्ती थापा, अनित थपलिया, बसन्त राई, रामचन्द्र लोप्चन, डा. सन्जु कुमारी पौडेल, केशव जोशी, बालगोपाल उपाध्याय, माधव शाह र सीता केसी थापा निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले सोमवार एमाले केन्द्रीय कार्यालयमा इञ्चार्ज एमाले उपमहासचिव लेखराज भट्ट र संगठन बिभाग प्रमुख सचिव भानुभक्त ढकालको उपस्थितिमा अध्यक्ष प्रभु थापाले शपथ गराउनु भएको छ ।
















प्रतिक्रिया दिनुहोस्