जनता टाइम्स

२० कार्तिक २०८३, शुक्रबार १८:२०

बालेन सरकारलाई पश्चिमी शक्तिले नै विघटन गर्नेछन् : बादल


काठमाडौं, कात्तिक २० । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पश्चिमी शक्तिको स्वार्थ पूरा नभए बालेन नेतृत्वको सरकार उनीहरूले नै विघटन गरिदिने टिप्पणी गर्नुभएको छ ।

शुक्रबार झापाको दमकमा आयोजित पार्टी कार्यक्रममा बोल्दै थापाले पश्चिमी शक्तिको स्वार्थ पूरा नगर्दा यसअघि एमाले, कांग्रेस र माओवादीका पार्टी कार्यालय तथा नेता–कार्यकर्ताका घरमा तोडफोड र आगजनी गरिएको आरोप लगाउनुभयो ।

उहाँले विगतमा विभिन्न राजनीतिक दलले पश्चिमी शक्तिको स्वार्थ पूरा नगरेकै कारण उनीहरूका संरचनामाथि आक्रमण भएको दाबी गर्नुभयो ।

कार्यक्रममा जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त एमाले पार्टी कार्यालय पुनर्निर्माणमा सहयोग गर्ने दाता, नेता तथा कार्यकर्तालाई सम्मान गरिएको थियो ।