काठमाडौं, कात्तिक २० । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापालाई कसैले पक्राउ गर्न नसक्ने बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट बाहिरिने क्रममा सञ्चारकर्मीको प्रश्नमा उहाँले गगन थापालाई पक्राउ गर्न नसकिने दाबी गर्नुभयो ।
प्रचण्डले सरकार संविधान, लोकतन्त्र र गणतन्त्रका मूल्य, मान्यता तथा मर्मभन्दा बाहिर जान खोजेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
त्यस्तै, प्रहरी महानिरीक्षक हेरफेरको विषय अदालत पुगिसकेकाले अब यसबारे अदालतले नै बोल्ने उहाँको भनाइ छ ।














प्रतिक्रिया दिनुहोस्