बारा, कात्तिक १४ । स्वास्थ्य केन्द्र उदघाटनको विषयमा भएको विवादले उग्र रुप लिएपछि फेटा गाऊँपालिकामा गोली चलेको छ । गोली लागेर एक युवक घाइते भएका छन् ।
संघीय सरकारले निर्माण गरेको स्वास्थ्य केन्द्र उदघाटनका लागि फेटा गाउँपालिकाले शनिबार बिहान कार्यक्रम आयोजना गरेको थियो । गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीको विपक्षमा रहेका स्थानीयले स्वास्थ्य केन्द्र परिसरमा राखिएको शिलालेख तोडफोड गरेपछि विवादले उग्ररुप लिएको हो ।
अध्यक्ष अन्सारी पक्षधर र विपक्षी स्थानीयबीच विवादले झडपको रूप लिएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाइएको प्रहरीले बताएको छ । गोली लागेर घाइते भएका युवकको पहिचान खुल्न सकेको छैन ।
बाराको फेटा गाउँपालिका–३ मा निर्माण भएको स्वास्थ्य केन्द्र उदघाटनका विषयमा विवाद सुरु भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ समीक्षा बास्कोटा स्वास्थ्य केन्द्र उदघाटन गर्न बारा पुग्नुभएको थियो । तत्कालीन विवेकशील नेपाली पार्टीबाट निर्वाचित गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीविरुद्ध उत्रिएको स्थानीयको एउटा समूहले स्वास्थ्य संस्था उदघाटनमा अवरोध गरेपछि विवाद सुरु भएको थियो ।
गाउँपालिका अध्यक्ष अन्सारीले एमाले कार्यकर्ता आफ्नो विरोधमा उत्रिएको बताएका छन् । पूर्वगाउँपालिका अध्यक्ष अमिरिलाल पालको निर्देशनमा घटना भएको अन्सारीको आरोप छ ।














प्रतिक्रिया दिनुहोस्