जनता टाइम्स

९ कार्तिक २०८३, सोमबार ०८:१०

अस्ट्रेलियन डलर र युरोको मूल्य बढ्यो, पाउन्डको घट्यो


काठमाडौं, कात्तिक ९ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अस्ट्रेलियन डलर र युरोको मूल्य बढेको छ भने पाउन्ड स्टर्लिङको मूल्य घटेको छ। अमेरिकी डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्य भने स्थिर छ।

आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा छ।

युरो एकको खरिददर १७९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८० रुपैयाँ ५२ पैसा छ। अघिल्लो दिन युरोको खरिददर १७९ रुपैयाँ ८० पैसा र बिक्रीदर १८० रुपैयाँ ४७ पैसा थियो।

पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ७६ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५६ पैसा कायम भएको छ। अघिल्लो दिन यसको खरिददर २०२ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६८ पैसा थियो।

अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९ पैसा छ। अघिल्लो दिन यसको खरिददर १०६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८१ पैसा थियो।

कुवेती दिनार एकको खरिददर ४९२ रुपैयाँ २४ पैसा र बिक्रीदर ४९४ रुपैयाँ १९ पैसा तथा बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ५३ पैसा छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।