जनता टाइम्स

९ कार्तिक २०८३, सोमबार ०७:५६

कर्णालीमा १२ दिनमा सवारी कारबाहीबाट १२ लाख राजस्व सङ्कलन


सुर्खेत, ९ कात्तिक । कर्णाली प्रदेशमा १२ दिनको अवधिमा सवारी कारबाहीबाट १२ लाख २५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार असोज २६ देखि कात्तिक ६ गतेसम्म एक हजार ३३८ सवारीसाधनलाई कारबाही गर्दा उक्त राजस्व सङ्कलन भएको हो।

सबैभन्दा बढी सुर्खेतमा ६३८ सवारीसाधनलाई कारबाही गर्दा पाँच लाख ८२ हजार रुपैयाँ राजस्व उठेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बिसीले जानकारी दिए। सल्यानमा दुई लाख १८ हजार ५००, रुकुमपश्चिममा एक लाख ४५ हजार र दैलेखमा ९४ हजार रुपैयाँ सङ्कलन भएको छ।

यस अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाउने २४६ जनालाई कारबाही गरिएको कार्यालयले जनाएको छ। तीमध्ये सुर्खेतका १५७, सल्यानका ४६, दैलेखका १७ र रुकुमपश्चिमका नौ जना छन्।