जनता टाइम्स

७ कार्तिक २०८३, शनिबार १४:४९

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा


काठमाडौं, कात्तिक ७ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने ३३६ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १०२, सिसी क्यामराको निगरानीमा परेका ३९ र रातो बत्ती उल्लंघन गर्ने २० चालक कारबाहीमा परेका छन् ।

त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ५७, हर्न बजाउने आठ र लेन अनुशासन पालना नगर्ने तीन सवारीसाधनलाई कारबाही गरिएको छ । सवारीसाधनको अवस्था ठीक नभएका दुई र अन्य कसुरमा १०५ सवारीसाधनलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सवारी नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरिएको जानकारी दिनुभयो ।

चाडपर्वका समयमा सवारी नियम उल्लंघन गरी सवारी चलाउने चालकलाई लक्षित गर्दै ट्राफिक प्रहरीले निगरानी र कारबाहीलाई कडा बनाएको जनाएको छ ।

रासस