काठमाडौं, कात्तिक ७ । नेकपा एमालेका नेता सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भारत तीर्थाटनलाई लिएर कटाक्ष गर्नुभएको छ ।
परिवारसहित तीर्थाटनका लागि भारत जानुभएका लामिछानेप्रति लक्षित गर्दै थापाले सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गर्नुभएको हो ।
‘आराध्यदेव पशुपतिनाथसहित ३३ कोटी देवीदेवताको पूजाआराधनाले नपुगेपछि भाकल चढाउन कैंचीधाम तीर्थाटन–आशीर्वाद लिई डिप्रेसनबाट मुक्त हुन नयाँ जुक्ति खोजेको हो ?’ थापाले लेख्नुभएको छ ।
लामिछानेले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंचीधाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने जनाइएको छ ।














प्रतिक्रिया दिनुहोस्