जनता टाइम्स

१४ कार्तिक २०८३, शनिबार १०:२२

डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर ८ कैदी फरार


काठमाडौं, कात्तिक १४ । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् ।

कारागारभित्र सुरुङ खनेर शुक्रबार राति उनीहरू फरार भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सहितको प्रहरी टोली कारागार पुगेको छ ।

प्रहरीका अनुसार घटनाको विस्तृत अनुसन्धान तथा स्थलगत निरीक्षणपछि मात्रै फरार कैदीको संख्या र घटनाको वास्तविक विवरण यकिन हुनेछ ।

फरार कैदीहरू कोको हुन् भन्नेबारे प्रहरीले हालसम्म आधिकारिक विवरण सार्वजनिक गरेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।