काठमाडौं, कात्तिक १४ । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज भिड्दैछन् भने दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।
लगातार दोस्रो जितको लक्ष्यसहित दुवै टोली मैदान उत्रिए पनि वर्षा खेलका लागि बाधक बन्न सक्ने सम्भावना छ।
लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिमलाई सात विकेटले पराजित गरेको थियो। यस्तै, चितवनले विराटनगरलाई आठ रनले हराउँदै विजयी सुरुवात गरेको थियो।
आजको दोस्रो खेलमा विराटनगर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ। खेल अपराह्न साढे ४ बजे सुरु हुनेछ।
जारी प्रतियोगितामा लुम्बिनी र चितवनले एक–एक खेल जितेका छन्। विराटनगरले खेलेका दुवै खेलमा हार बेहोरेको छ भने सुदूरपश्चिमले एक खेल जितेको र एक खेल हारेको छ।
अर्नब चक्रवातको प्रभावका कारण बिहीबार रातिदेखि नै नेपालका विभिन्न स्थानमा वर्षा भइरहेको छ। शुक्रबार दिनभर वर्षा भएको थियो भने शनिबार साँझसम्म हल्का वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
वर्षाका कारण खेल हुन नसके दुवै टोलीले एक–एक अंक बाँड्नेछन्।














प्रतिक्रिया दिनुहोस्