काठमाडौं, कात्तिक १४ । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।
मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार अहिले गण्डकी प्रदेशमा ठूलो वर्षा भइरहेको छ। मनाङको तालमा पछिल्लो रात ८२ मिलिमिटर वर्षा मापन भएको उहाँले जानकारी दिनुभएको छ।
वर्षा अझै जारी रहेकाले मर्स्याङ्दी, कालीगण्डकी, बूढीगण्डकी, मादी र सेती नदीमा जलसतह बढ्न सक्ने उहाँको भनाइ छ। उहाँले ती नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ।
त्यस्तै, पृथ्वी राजमार्गको गल्छीदेखि नारायणगढसम्म यात्रा गर्दा सावधानी अपनाउन र बीपी राजमार्गमा शनिबार रातिसम्म यात्रा स्थगित गर्नु उचित हुने उहाँले बताउनुभएको छ।
काठमाडौं उपत्यकामा पनि लगातार वर्षा भइरहेको छ।














प्रतिक्रिया दिनुहोस्