काठमाडौं, कात्तिक १४ । मकवानपुरको बकैया गाउँपालिका–स्थित श्रीपुरमा डिजेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
सिन्धुलीको कमलामाई नगरपालिका–६ रातमाटास्थित बाबा जनरल स्टोर (पम्प) को डिजेल बोकेको ट्याङ्कर गत राति दुर्घटनामा परेको हो। ब्रेक फेल भएपछि ट्याङ्कर दुर्घटनामा परेको बताइएको छ।
दुर्घटनामा परी सिन्धुलीको ध्याङलेख गाउँपालिका–३ निवासी चालक रमेशकुमार रायमाझीको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।














प्रतिक्रिया दिनुहोस्