जनता टाइम्स

१४ कार्तिक २०८३, शनिबार ०८:००

सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते


सल्यान, कात्तिक १४ । सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

शुक्रबार बेलुका श्रीनगरबाट टाकुरातर्फ जाँदै गरेको लु १ ज २३६८ नम्बरको जीप भित्री कच्ची सडकबाट खसेर खोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

दुर्घटनामा १० जना घाइते भएका थिए। उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पुर्‍याइएकामध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका–२ की ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीय साउने रोका रहेका छन्।

घाइते सात जनाको सल्यान, दाङ र नेपालगञ्जका अस्पतालमा उपचार भइरहेको छ। जीप चालक सिद्ध कुमाख गाउँपालिका–२ का ३८ वर्षीय तिलक चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ।

प्रारम्भिक अनुमानअनुसार वर्षाका कारण सडक चिप्लो हुँदा उकालोमा जीप चिप्लिएर सडकबाट खसेको हो।