जनता टाइम्स

१४ कार्तिक २०८३, शनिबार ०७:४९

पूर्वानुमानभन्दा फरक पश्चिम नेपालमा बढी वर्षा


काठमाडौं, कात्तिक १४ । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव पूर्वी नेपालमा बढी पर्ने अनुमान गरिए पनि पश्चिम नेपालमा बढी वर्षा भएको छ।

मौसमविद् विनोद नेपालका अनुसार पूर्वानुमान धेरै हदसम्म मिल्दै आए पनि वर्षा भएको स्थान भने अपेक्षाभन्दा फरक देखिएको छ। पूर्वी नेपालमा बढी वर्षा हुने अनुमान गरिए पनि अहिले पश्चिम नेपालमा बढी पानी परिरहेको उहाँले बताउनुभएको छ।

केही स्थानमा अझै भारी वर्षा भइरहेको र शनिबार बिहानसम्म वर्षा जारी रहने उहाँको भनाइ छ।

यद्यपि, व्यापक क्षति पुर्‍याउने खालको वर्षाको संकेत नदेखिएको मौसमविद् पोखरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ। तर केही स्थानमा छोटो समयमै ठूलो वर्षा हुन सक्ने सम्भावना भने रहेको उहाँले उल्लेख गर्नुभएको छ।