काठमाडौं, कात्तिक १२ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङबीच दरार आएको खुलासा भएको छ । प्रधानमन्त्री बालेन निकट एक नेताले यस्तो खुलासा गरेका हुन ।
जनताटाइम्स डटकमसँगको अनौपचारिक कुराकानीका क्रममा प्रधानमन्त्री निकट स्रोतले बताएअनुसार गृहमन्त्री सुधनले अत्यन्तै आपत्तिजनक काम गर्न प्रस्ताव गरेको भन्दै प्रधानमन्त्री शाह बिच्किनुभएको हो ।
‘गृहमन्त्री कसैको इसारामा प्रस्ताव लिएर आएपछि प्रधानमन्त्री रिसाउनु भयो, यस्तो बकवास पनि गर्ने भन्दै हप्काएर फिर्ता पठाइदिनुभयो,’ स्रोतले जनताटाइम्स डटकमसँग भन्यो । स्रोतका अनुसार त्यो बिषय डाक्टर सुन्दुक रुइतसँग जोडिएको बिषय रहेको छ ।
उनका अनुसार गृहमन्त्री सुधनले आफ्नो मन्त्रालय भन्दा बाहिर गएर तिलगंगा आँखा अस्पताललाई बिश्वबिद्यालय बनाउने बिषयलाई आफ्नो मुख्य प्राथमिकता बनाएको र प्रहरीको सरुवा बढुवामा सचिवालयको बदमासी भइरहेको बिषयमा प्रधानमन्त्री शाह बिच्किुनुभएको छ ।

‘सुशासन भनेको मनपरी असुली होइन, जे मन लाग्यो त्यही गर्ने त होइन नि !’ भन्दै प्रधानमन्त्री शाह रिसाएको र त्यसयता सम्बन्ध चिसिएको स्रोतका भनाई छ । प्रधानमन्त्री शाहले तिलगंगाा आँखा अस्पताल र डाक्टर सुन्दुकको बिषयमा गृहमन्त्री सुधनले ल्याउनु भएको प्रस्ताव अघि बढनै नसक्ने बताउनु भएको र यस बिषयमा प्रमुख सल्लाहकार कुमार वेनसहितको सचिवालय टीमले अनुसन्धानसमेतअघि बढाएको समेत स्रोतको भनाई छ ।














प्रतिक्रिया दिनुहोस्