काभ्रेपलाञ्चोक, कात्तिक १४ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ८ को गिम्दीबेँसीमा पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुवै स्थानमा पहिरो खसेपछि राजमार्गमा यातायात ठप्प भएको हो।
वर्षा जारी रहेकाले तत्काल पहिरो पन्छाएर सडक खुलाउन सहज नरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टले बताउनुभएको छ।
उहाँले राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्