जनता टाइम्स

२० कार्तिक २०८३, शुक्रबार १८:३१

अर्घाखाँचीमा बस दुर्घटना, १६ जना घाइते, ६ को अवस्था गम्भीर


काठमाडौं, कात्तिक २० । अर्घाखाँचीको शितगंगा नगरपालिका–२ भुवनपाटामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।

सुपा देउराली मन्दिर दर्शन गरेर सुनवल फर्कँदै गरेको लु २ ख ३७२ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अनियन्त्रित बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएपछि सडक छेउको भित्तामा ठोक्किएको थियो ।

घाइते सबैलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको जिल्ला प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।