काठमाडौं, कात्तिक २० । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबीसहित दायर गरेको रिटमा कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ ।
कार्कीले वकिलमार्फत बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको थियो । सरकारले उहाँलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको छ । तर, कार्कीले मन्त्रिपरिषद्को निर्णयसम्बन्धी पत्र भने बुझ्नुभएको छैन ।














प्रतिक्रिया दिनुहोस्